Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मुगुका विद्यार्थीलाई किताब किन्न सास्ती

[caption id=\"attachment_132582\" align=\"alignleft\" width=\"750\"]\"\" किताब किन्न सदरमुकाम झरेका विद्यार्थी[/caption] सुर्खेत, ८ जेठ । मुगु जिल्लाको धैनाकोट जगतमाला विद्यालयमा समयमै किताब नपुदा विद्यार्थीले सास्ती खेप्नु परेको छ । नयाँ शैक्षिक शत्र सूरु भएको महिनौ बितिसक्दा पनि विद्यालयको लापरबाहीले अधिकांश विद्यार्थीहरु किताब पाउनबाट बञ्चित भएका छन् । विद्याललयको गैैरजिम्मेवारीका कारण विद्यार्थीहरुले दःुख भोग्नु परेको हो । सदरमुकाम गमगढीदेखि २ दिनको पैदल यात्रामा पुगिने धैनाकोट जगतमाला विद्यालयमा कक्षा ८ मा अध्यनरत गोकर्ण उपाध्ययाले आफू २ दिनको पैदान हिडेर सरमुकाम गमगढी किताब लिन आएको गुनासो पोखे । उपाध्ययाले कक्षा १ देखि ५ सम्मका किताब धैनाकोट विद्यालयमा पुगेपनि कक्षा ६ देखि कक्षा १० सम्म किताब किन्न सदरमुकाम गमगढीमा आउनु पर्ने बाध्यता रहेको बताए । उनले आफनो पीडा सुनाउदै भने सरमुकाम आउन टाढा भएको बताए । ‘बाटोमा होटेलमा बस्नु पर्छ खाना खानु प¥यो बस्नु प¥यो खर्च उतिकै छ’ उनले भने । ‘विद्यालयले पुरै किताबको मुल्य तिरेको भए पनि हुन्थ्यो । पुरा किताबको मुल्य दिदैन कक्षा ८ को किताबको मुल्य ४ सय ९५ पर्छ त्यही मुल्यको आधा विद्यालयले बेहोर्ने छ आधा आफै तिर्नु पर्ने’ दःुखेसो गरे । ‘धेरै सार्थीहरु आएका थियौं आधा सार्थीहरुले किताब पाए आधाले पाएनन । खाली जानुपर्ने बताए । यस्तै कक्षा ६ मा अध्ययनरत धनसरी बराल २ दिनको पैदल हिडेर किताबकै खोजीमा सरमुकाम गमगढी पुगिन् । पुरै किताब नपाउँदा फेरी आधा किताब लिन गमगढी आउनु पर्ने बताइन । आफू अगाडी आएकोले आधा किताब पाएको र पछि आउने सार्थीहरुले त्यही किताब नपाएको बताइन् । धनसरीले भनिन् ‘किताब विद्यालयमै पुगेको भए विद्यार्थीहरुलाई कम दुःख हुने दुखेसो गरिन । यस्तै मुगु धैनाकोटकी कक्षा १० मा अध्यनरत अनिता बरालले २ पटक आउदा पनि पुरै किताब नपाएको बताईन । २ वटा किताबकै निम्ती सदरमुखकाम धाउदा पनि किताब नपाएको बताइन् । सरमुकाम आउँदा बाटोमा बाँस बस्नुपर्छ किताब किन्ने पैसा भन्दा बाटोमा खर्च मात्रै धेरै भएको अनिताले बताइन । हुम्ला जिल्लाको मैला गाविसका विद्यालयको पढाई नियमित भएको छ । हाम्रो जगतमाला विद्यालयमा पढाई अस्तव्यस्त छ । विद्यालयको प्रधानाध्यापक १ महिना विद्यालय २ महिना सदरमुकाम बस्ने गरेका छन् । विद्यालयमा भएका शिक्षकहरु भने नपढाएर गफ गरि बस्ने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीको पढाईमा शिक्षकहरुले चासो र चिन्ता नलिएको गुनासो छ । विद्यालयमा १९ जना शिक्षकहरु भएपनि अहिले विद्यालयमा १० जना मात्र शिक्षकहरु उपस्थिीत छन । शिक्षकहरुले पढाउनु सटा विद्यार्थीहरुलाई फुटबल भलिबल खेल्न पठाएर दिन बिताउने गरेको बताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending