Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्वअर्थमन्त्री महतको दाबी

\"\"काठमाडौँ, ८ जेठ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले निर्वाचन सम्पन्न गर्नुअघि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा सोमबार आज आयोजित साक्षात्कार कार्यक्रममा उनले निर्वाचन आचारसंहिताअनुरुप पुराना नीति तथा कार्यक्रमका लागि भने पूरक बजेट ल्याउन सक्ने तर्क गरे । पूर्वअर्थमन्त्री महतले विगतका राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनेगरी काम चलाउ बजेट ल्याउनुपर्नेमा जोड दिँदै सरकारले आगामी बजेटमा भूकम्पपछिको पुनःनिर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिंदै उनले निर्वाचनको मुखमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नु आचारसंहिता विपरीत हुने बताए । नयाँ सरकार निर्माणका लागि पनि सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्दै पूर्व अर्थमन्त्री महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसको व्यवस्थापनको कमजोरी, पार्टीगत अन्तर्घातलगायतका कारणले सोचेअनुरुपको नतिजा आउन नसकेको धारणा व्यक्त गरे । उनले अबको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने पहिलेका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने विचार व्यक्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending