Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विप्लव पार्टीका तीन दर्जन नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

\"\"काठमाडौं, ११ जेठ । नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको छन् । बिहीबार बिहान एक कार्यक्रमका बीच नेता टिआर खम्बु, नयाँ शक्तिका नेताहरु डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतका केन्द्रीय नेता प्रवेश गरेका हुन् । प्रवेश गर्ने अन्य नेताहरुमा नेकपाका केन्द्रीय नेताहरु बिरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदिप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार रहेका छन् । [caption id=\"attachment_132982\" align=\"alignnone\" width=\"750\"]\"\" ????????????????????????????????????[/caption] माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादमा पुग्ने बताउनुभयो । पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागेपनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । प्रचण्डले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending