Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

काठमाडौं महानगरको मेयरमा पराजित जोशीको आयो यस्तो प्रतिक्रिया

\"\"काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले मेयर जितेका एमालेका विद्यासुन्दर शाक्यलाई बधाई दिएका छन् । साथै सबै विजेताहरुलाई बधाई तथा शुभकामना दिएका छन् । लोकतन्त्रमा जित र हार स्वभाविक प्रक्रिया हो भन्दै जनतालाई गरेका बाचाहरु सहकार्य गरेर पूरा गर्ने बताएका छन् । शाक्यले प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत बढी ल्याएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेस हरिप्रभा खड्गी विजयी भएकी छिन् । जोशीको भनाई जस्ताको त्यस्तै आदरणीय काठमाडौँ महानगरबासी बा, आमा, दाजुभाई तथा दिदिबहिनीहरु, वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मलाई आफ्नो अमुल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिनुभएकामा सम्पूर्ण महानुभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । लोकतन्त्रमा जित र हार स्वभाविक प्रक्रिया हो । मैले चुनावी दौडमा रहँदा काठमाडौँ महानगरपालिकाबासीसँग गरेका वाचाहरुप्रति म सँधै कटिबद्ध रहन्छु । साथै मैले आम जनतासँग गरेका बाचाहरु जायज रहेको हुँदा नवनिर्वाचित प्रमुखसँग सहकार्य गरेर उक्त वाचा पुरा गराउने बाटोमा लाग्नेछु । अन्तमा निर्वाचनमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी साथै सबै वडाबाट विजयी हुनुभएका वडा अध्यक्ष र वडा सदस्यलाई हार्दिक वधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै निर्वाचन सफल बनाउन लाग्नुहुने निर्वाचन कार्यालयका कर्मचारी, पार्टीका साथीहरु, पत्रकार मित्रहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।

जय नेपाल राजुराज जोशी मेयर उम्मेद्वार, काठमाडौँ महानगरपालिका

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending