Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

जितेपछि विद्यासुन्दरले निकाले यस्तो विज्ञप्ति

\"\"काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूलाई जिताउने मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । काठमाडौं महानगरपालिाको मेयरजस्तो गरिमामय पदमा योग्य ठान्ने मेरो प्यारो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि म कृतज्ञता ज्ञापन गर्दछु’ शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शाक्यले प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत बढी ल्याएर जित हासिल गरेका छन् । धन्यवाद ज्ञापन नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ठीक १० वर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेको स्थानीय निर्वाचन सात मध्ये तीन वटा प्रदेशमा सम्पन्न भएको छ । पहिलो चरणमा तीन वटा प्रदेशमा भएको निर्वाचन केही–केही स्थान बाहेक शान्तिपूर्ण र धाँदलीरहित रुपमा सम्पन्न भएको छ । करिब २० वर्षपछि व्यापक जनसहभागिता र जनसमर्थनकै बलमा पहिलो चरणमा ३४ वटा जिल्लामा भव्य रुपमा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु । पहिलो चरणको निर्वाचनमा जनताबाट प्राप्त अपार विश्वास, समर्थन र मायाप्रति हामी सबैले गौरव महशुस गरेका छौँ । म यही काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ वाट २० वर्षअघि पनि वडाध्यक्षमा निर्वाचित भई जनताको सेवा गर्ने अभिभारा पूरा गरेको थिएँ । आज राष्ट्रिय सभागृहमा झण्डै १४ दिन लगाएर गरिएको मतगणनाको अन्तिम परिणामसँगै मलाई झन् फराकिलो क्षेत्र र लाखौं जनताको मायाले माथिल्लो जिम्मेवारी प्राप्त भएको छ । यो जिम्मेवारी प्राप्त गर्ने अवसर दिनुहुने सबै मतदातालाई म सबै भन्दा पहिला हार्दिक धन्यवाद ज्ञापन गर्दछु । काठमाडौं महानगरपालिाको मेयरजस्तो गरिमामय पदमा योग्य ठान्ने मेरो प्यारो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि म कृतज्ञता ज्ञापन गर्दछु । निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्षरुपमा अहोरात्र खट्नुहुने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई पनि मैले यो क्षणमा सधन्यवादसहित स्मरण गरेको छु । निर्वाचनका क्रममा मात्र होइन मतगणना स्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्नुहुने सुरक्षाकर्मी साथीहरु, राष्ट्रसेवक कर्मचारीहरु सबैले आ–आफ्नो ठाउँबाट गर्नुभएको योगदानको पनि मैले स्मरण गरेको छु । अन्त्यमा, तपाईँहरुले मलाई जुन आशा, विश्वास र भरोसाका साथ यो गहन जिम्मेवारी सुम्पिनु भएको छ । म यो जिम्मेवारी पूरा गर्न दिन–रात नभनी खट्ने छु । म तपाईँहरुको आशा, विश्वास र भरोसालाई मर्न दिने छैन ।

धन्यवाद विद्यासुन्दर शाक्य मेयर काठमाडौँ महानगरपालिका

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending