Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेस पुर्व उप–सभापतिसहित चार नेताले दिए राजीनामा

\"\"अर्घाखाँची, १४ जेठ । जिल्लाको पाणिनी गाउँपालिकामा नेपाली कांग्रे्रेसबाट अध्यक्ष पदको उम्मेदवार छनोट गर्दा पार्टीले आफुहरुलाई अन्याय गरेको भन्दै ४ जनाले राजीनामा दिएका छन् ।
लुकी–लुकी उमेद्धार चयन गरेपछि कांग्रेस अर्घाखाँचीका पुर्व जिल्ला उप–सभापती श्यामनाथ कस्यप, पुर्व क्षेत्रीय सभापतिहरु रमेश खनाल, मणिराम पौडेल तथा जिल्ला कार्यसमिति सदस्य रामप्रसाद घिमिरेले तत्काल पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजिनामा दिएका हुन् । जिल्लामा आगामी स्थानीय निर्वाचनका लागि काङ्ग्रेसबाट टिकट दिंदा प्राय सबै गाउँपालिका र नगरपालिकामा सहमतिका साथ उम्मेद्वार छनोट गरेपनि छत्रदेव गाउँपालिका र पाणिनि गाउँपालिकामा सहमति नबनेपछि उमेद्धार छनौट मतदानबाट टुंगो लगाउने भनिएको थियो । छत्रदेब गाउँपालिकाको मतदानद्वारा टुंगो लगाइयो भने उक्त गाउँपालिकाको खाना खाएपछि मतदान गरि टुंगो लगाउने निर्णय भएको थियो । मतदानको समय पर्खेर बसेका नेता तथा कार्यकर्ता त्यतिबेला चकित बने जतिबेला केन्द्रबाट जिल्ला गएका केन्द्रिय सदस्यहरु पुस्पा भुसाल र मानबहादुर बि.कले पुस्पा भुसालका भाइ अच्युत गौतमलाई उम्मेदवार तोकि निर्णय गराए । २ घन्टापछि टाँस्दिनु भनेर खाना खाने बहाना गर्दै त्यहाँबाट भागेपछि काङ्ग्रेस नेता तथा कार्यकर्ताहरु आक्रोशित भएका हुन् । \"\" गाउँपालिका भित्रका काङ्ग्रेस कार्यकर्तासँग छलफल गरि राजीनामा दिने मनशाय बनाएर कांग्रेस अर्घाखाँचीका पुर्व उप–सभापति तथा पुर्व महासमिति सदस्य कस्यपले कार्यकर्तासँग छलफल गरेरै राजीनामा दिएका हुन् । २०३५ सालबाट कांग्रेस राजनीतिमा सकृय कस्यप माध्यमिक तहको अध्यापन छोडेर २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीको आन्दोलनका क्रममा २०५७ साल कार्तिक २८ गते ४५ दिन माओवादीको अपहरणमा परेका थिए भने उनको रिहाइको लागि सरकारले केन्द्रिय स्तरका २ जना माओवादी नेतालाइ जेलबाट छुटाउन परेको थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending