Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रचण्डले भने– जनताको जीवनमा राजनीतिक परिवर्तनको गुणात्मक अन्तर ल्याएन

\"\"काठमाडौं, १५ जेठ । गणतन्त्र दिवशको अवसरमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको प्रचण्डले बताएका छन् । तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन नसकेको उनले बताए । ‘जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वं दिगो र संस्थागत हुन पनि सक्दैन ।’ ‘पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थीरताको ढोका मात्रै खुलेको छैन, आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रा समेत प्रारम्भ गर्नेछ । अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि तल्लो तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्नेछन्, यसले नेपालको राजनीतिक स्थीरता र विकासको क्षेत्रमा छलाङ मार्नेछ भन्ने मेरो गहिरो विश्वास रहेको छ ।’ सोमबार प्रचण्डले सैनिकमञ्च टुडिखेलमा सम्बोधन गर्दै भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति हजारौं नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको आफ्नो जीवनको कुर्वानी गरेका छन्, लाखौं नेपालीको मेहेनत र पसिनाको मूल्य यसभित्र छ । त्याग, बलिदानका ठूलठूला किर्तिमान कायम भएका छन् । यी सबैको समुचित सम्बोधन र नेपालको उज्जवल भविष्यका निम्ति राजनीतिक दल र आम नेपााली जनसमुदायमा एकता र दृढ संकल्पको बिकल्प छैन । हाम्रा सपनाहरुलाई सार्थकतामा बदल्ने हाम्रै मेहेनत र संकल्पले हो, हाम्रै एकता र सहकार्यले हो । त्यसका लागि परिवर्तनको प्रक्रियामा सहभागी सम्पूर्ण शक्तिहरुबीच बलियो एकता जरुरी छ भन्ने म ठान्दछु ।’ प्रचण्डको सम्बोधनको पूर्णपाठ गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेष्ठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेको तथ्य यहाँहरु सबैमा विदितै छ । यस अवसरमा सर्वप्रथम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने महान शहीदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूमा उच्च सम्मान व्यक्त गर्दछु । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिबासी जनजाति र विभिन्न समुदायका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्र्दभमा राज्य पुनसंरचनाको महत्वपूर्ण आयाम स्थानीय तहको पुनःसंरचना हो । यस क्रममा जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित गत बैशाख ३१ गते सम्पन्न भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कोसेढुङ्गाको रुपमा रहेको म यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताहरुमा हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट बधाई एवं सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधान बमोजिम विभिन्न कानूनहरुको निर्माण गर्ने तथा भइरहेका कानूनहरुमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिई ४० भन्दा बढी कानूनहरु तर्जुमा गरिसकेको छ भने ४५ वटा विधेयक व्यवस्थापिका–संसदमा विचाराधीन छन् । यसबाट स्थानीय तह, प्रदेश तथा सङ्घीय व्यवस्थापिकाको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको लागि महत्वपूर्ण आधारशीला निर्माण भई संविधानले प्रत्याभूत गरेका उपलब्धीहरु संस्थागत हुने मेरो विश्वास छ । स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेश तथा सङ्घीय–संसदको निर्वाचन गर्नको लागि आवश्यक पर्ने कानूनी पूर्वाधारहरु तय भइसकेको छ, बाँकी केही कानूनको विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसदमा पेश गर्न सरकार लागिरहेको छ । संविधान बमोजिम उच्च अदालतको स्थापना भई न्याय प्रशासन, सङ्घीय न्याय सेवा आयोग तथा न्याय परिषद् सम्बन्धी कानूनहरु लागू भइसकेका छन् । साथै संविधानले व्यवस्था गरेका नयाँ संवैधानिक आयोगहरु गठन गर्न आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका–संसदमा पेश गरिएको छ । संविधान बमोजिम निर्माण गर्नुपर्ने कानूनहरुको प्राथमिकीकरण गरी कार्ययोजना बनाई काम अघि बढाएको हुँदा व्यवस्थापिका–संसदमा विधेयक पेश गर्ने कार्यलाई नयाँ बन्ने सरकारले अझ प्रभावकारी रुपमा गति दिनेछ भन्ने मेरो विश्वास छ । कानूनी, प्रशासनिक पूर्वाधारको उपयोग गर्दै गणतन्त्रलाई संस्थागत गरी आम जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो आधारभूत कार्यभार हो । यसका लागि राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्दछ । सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रा प्राथमिकता हुन् । सकारात्मक सोचसहित विश्व मानचित्रमा नेपालको समृद्धि र प्रतिष्ठाको अभिवृद्धि गर्न अहोरात्र क्रियाशील रहनु हाम्रो प्रतिवद्धता हो । लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको छ । तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन सकेको छैन । जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वं दिगो र संस्थागत हुन पनि सक्दैन । पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थीरताको ढोका मात्रै खुलेको छैन, आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रा समेत प्रारम्भ गर्नेछ । अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि तल्लो तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्नेछन्, यसले नेपालको राजनीतिक स्थीरता र विकासको क्षेत्रमा छलाङ मार्नेछ भन्ने मेरो गहिरो विश्वास रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति हजारौं नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको आफ्नो जीवनको कुर्वानी गरेका छन्, लाखौं नेपालीको मेहेनत र पसिनाको मूल्य यसभित्र छ । त्याग, बलिदानका ठूलठूला किर्तिमान कायम भएका छन् । यी सबैको समुचित सम्बोधन र नेपालको उज्जवल भविष्यका निम्ति राजनीतिक दल र आम नेपााली जनसमुदायमा एकता र दृढ संकल्पको बिकल्प छैन । हाम्रा सपनाहरुलाई सार्थकतामा बदल्ने हाम्रै मेहेनत र संकल्पले हो, हाम्रै एकता र सहकार्यले हो । त्यसका लागि परिवर्तनको प्रक्रियामा सहभागी सम्पूर्ण शक्तिहरुबीच बलियो एकता जरुरी छ भन्ने म ठान्दछु । मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको छ । भूकम्पको पूनर्निर्माणको क्षेत्रमा पीडितहरुलाई प्रदान गरिएको अनुदानमा वृद्धि मात्रै गरिएको छैन, नीजि आवास निर्माणको कामले पनि गति लिएको छ । देशको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा छ, ७.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरुमा हासिल गरिएको प्रगति, लोडसेडिङको अन्त्य र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीहरुको हितका निम्ति गरिएको राजनीतिक, कुटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको छ । उल्लेखित उपलब्धिहरुलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो राष्ट्रिय कार्यभार हो । गणतन्त्र दिवसले हामी सबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लेखित कार्यभार पुरा गर्न थप जिम्मेवार र संकल्पवद्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । म यस अवसरमा ७ माघ २०७४ भित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने नै छ । साथै पहिलो चरणको निर्वाचनमा जस्तै सम्पूर्ण राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र आम जनसमुदायले दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवको रुपमा सम्पन्न गर्न आ–आफ्नो जिम्मेवारी गहनतापूर्वक पुरा गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । अन्त्यमा, गणतन्त्र दिवस २०७४ को यस अवसरले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् भन्ने अपेक्षाका साथ देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

१५ जेठ २०७४ नेपाली सैनिकमञ्च, टुँडिखेल, काठमाडौं

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending