Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

गाउँमा ४१.८ प्रतिशत, सहरमा ५८.२ प्रतिशत बसोबास

\"\"काठमाडौँ, १५ जेठ । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१ दशमलव एक प्रतिशत र तराईका सहरी क्षेत्रको ३२ दशमलव नौ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी आउँछ । कुल जनसङ्ख्यामध्ये ५६ दशमलव एक प्रतिशत व्यक्तिको मात्र सरसफाइ प्रणालीमा पहुँच छ । काठमाडौँ उपत्यकामा फागुन मसान्तसम्म ३२० किमी सडक विस्तार भएको छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपद्मा आश्रयका लागि उपत्यकामा पहिचान भएका २०० खुला स्थानमध्ये हाल १८ ठाउँमा उद्यान निर्माण भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४७ लाख ६७ हजार आवासीय संरचनामा ५४ लाख २७ हजार परिवार बसोबास गर्छन् । आवासीय घरमध्ये ३३ प्रतिशत अस्थायी प्रकृतिको रहेको सर्वेक्षणमा उल्लेख छ । ८५ दशमलव २६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बस्छन् । घर भाडामा बस्ने १२ दशमलव ८१ प्रतिशत पुगेका छन् । १५ वर्षअघि घरभाडामा बस्ने दुई प्रतिशत मात्र थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दलित, विपन्न, मुस्लिम, चेपाङ, राउटे, गन्धर्व, वादी, वनकरिया, सुरेल, थामीलगायत लोपोन्मुख समुदायका २० हजार परिवारका लागि आवास निर्माण गर्ने कार्यक्रमअन्तर्गत ६१० आवास एकाई निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा १८ जिल्लाका १९४ सरकारी कार्यालय मर्मत गर्ने कार्यक्रम रहेकामा विगत आठ महिनासम्म २३ वटा कार्यालय मात्र मर्मत भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending