Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेसलाई उम्मेदवारको टुङ्गो लगाउन सकस

\"\"डडेल्धुरा, १६ जेठ । डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हँुदा काँगे्रसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो । कांग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् । छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन । दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो । कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख÷उपप्रमुख, गाउँपालिका प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उमेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको छनोट गरेका भएपनि नेपाली कांग्रेसको भने अन्योल रहेको छ । सबैभन्दा ठूलो दल एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसले पर्शुराम नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको भएपनि अन्य स्थानीय प्रतिनिधिको टुङ्गो लगाउन भने सकेको छैन । बीस वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसभित्र धेरैजना उम्मेदवारका आकांक्षी भएका कारण उम्मेदवारी छनोटमा ढिलाइ भएको काँग्रेस नेताको भनाइ रहेको छ । एमाले र माओवादी केन्द्र डडेल्धुरामा पनि उम्मेदवारका आकांक्षीबीच विवाद रहेकाले सबै वडामा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । डडेल्धुरामा सबैभन्दा पहिले सबै वडा तथा गाउँपालिकामा नभए पनि सहमति जुटेका स्थानमा राष्ट्रिय जनमोर्चाले सञ्चारकर्मी समक्ष उम्मेदवारको नामावली र कार्यक्रम सार्वजनिक गरेको छ । अन्य कुनै पनि पार्टीले उम्मेदवारको नामावली सार्वजनिक गरेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending