Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मजदुर भन्छन्–चुनाव नलागे पनि भोट हाल्छौँ

\"\"झापा, १६ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक नभएपनि मतदान गर्ने पक्षमा छन् । झापाको बिर्तामोडस्थित एक्सल बैंक नजिकै बालुवा चालिरहेका चारपानेका राजु मगरले चुनावको दिन काममा नजाने सोच बनाउनु भएको छ । ‘काम नगरी मुखमा माड लाग्दैन’, उनले भने, ‘तर पनि मतदान गर्न नछुटाउदिन ।’ चुनाव जनताभन्दा पनि नेताका लागि हुने उनको भनाइ छ । चुनावका बेला घरमै आएर धेरै आश्वासन दिए पनि कसैले पनि आश्वासन पुरा नगरेको उहाँको गुनासो छ । अर्जुनधारा नगरपालिकाका लोकबहादुर श्रेष्ठ सिटीबस चालक छन् । हरेक दिन यात्रुलाई गन्तव्यसम्म पु¥याउँदै आउनुभएका उनी भन्छन्, “नेताले देशलाई शान्ति र समृद्धिको गन्तव्यसम्म पु¥याउन सकेनन् तर पनि यसपटक स्थानीय तहको निर्वाचनमा काम गर्ने मान्छे छोनेर मतदान गर्छु ।” यस्तै, बनियानी घर भई विर्तामोड क्षेत्रमा मजदुरी गर्दै आउनुभएका मेसेरुदिन मियाँले गाउँमै ठूलो कम्पनी खोलेर बेरोजगारलाई रोजगार दिनुपर्ने बताए । उनले भने, “चुनावको दिन घर जाने चाजोपाँजो मिलाउँदै छु ।” बाह्रदशीका लालबहादुर राई सिटी रिक्सा चलाउँछन् । पहिलो पटक मतदान गर्ने तयारीमा रहेका छन्, “मजदुरका जीवन सधै व्यस्त हुने भएकाले चुनावको चहलपहलले आफूलाई नछोएको छैन् । ” यता, विर्तामोडकी निरो साह बिहानबेलुका मात्र चुनाव आएको जस्तो लागेको बताए । ‘‘बिहान बेलुका भोट माग्न आउछन्, दिनभर कामले गर्दा केही थाहा हुँदैन ।” विर्तामोड झापाको प्रमुख व्यापारी केन्द्रका रुपमा विकास हुँदै आएकाले यहाँ छिमेकी जिल्ला इलाम, मोरङका साथै भारतीय नागरिक कामको सिलसिलामा आउने गर्छन् । गाउँघरमै रोजगारको व्यवस्था नहुँदा सहर धाउनुपर्ने उनीहरुको बाध्यता भएपनि स्थानीय तहको निर्वाचनले गाउँगाउँमा विकास पुग्ने र रोजगार पाउने सुनेपछि उनीहरु निर्वाचनतर्फ आकर्षित भएका हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending