Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

माफी मागेर फर्कियो भारतीय प्रहरी टोली

[caption id=\"attachment_134135\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ । नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो । स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो । आउजीलाई राति घरबाट पक्राउ गरी कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरुले आउजीलाई छुटाउन भने सकेनन् । सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रुपैयाँ चोरी भएको र सो घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै उनको खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको बताइएको छ । भारतको कर्णाटकमा मजदुरी गर्दै आएका दिपायल सिलगढी नगरपालिका– ८ का भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्कीलगायतलाई भारतीय प्रहरीले पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका प्रसाद पार्कीलाई साथमा लिई भारतीय प्रहरी टोली डोटी पुगेको थियो । पार्कीकै सहयोगमा भारतीय प्रहरीले आउजीको घर पत्ता लगाउन सकेको हो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले पक्राउ परेका भारतीय प्रहरी दक्षिण भारतको कर्णाटकबाट आएका बताए । “भारतीय प्रहरीले समन्वय गर्नेबारे आफूहरुलाई थाहा नभएको भन्दै माफी मागे,” देउजाले भन्नुभयो – “अब आउँदा नेपाल प्रहरीसित समन्वय गर्छौं भनेका छन् ।” आउजी र पार्कीका विषयमा छानबिन भइरहेको उनले बताए । यसअघि २०७३ वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । भारतीय प्रहरी हतियारसहित कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending