Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग ३० लाख फिरौती मागेपछि...

\"\"झापा, १९ जेठ । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो । गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै रु १० लाख फिरौती रकम मागेका थिए । साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई “तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने रु १० लाख भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ” भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ । लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए । विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर रु ३० लाख पु¥याएको प्रहरीले जनाएको छ । “रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्” भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा खुलेको इप्रका, अनारमनीका प्रहरी नायब उपरीक्षक थेवेले बताए । उनले भने – “११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार उनका श्रीमान्ले रु १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक थेवेले भने – “प्रहरी र उनका श्रीमान्ले नगद रु १० लाख बबिता सुत्ने खाटमा राखेर तस्बिर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप रु पाँच लाख मागे । सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौँ ।” गोतामे र बबिता भागेर कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगन्जमा बसेका थिए । “जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौँ” – थेवेले भने । बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ । उता गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन् । गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीसमक्ष स्वीकारेको बताइएको छ । पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ । उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेको समेत बताइएको छ । अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि इप्रका, अनारमनीमा राखेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending