Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तालुकदार र डिठ्ठाले सर्भेक्षण गरेकाले भूकम्प पीडित छुटेः पोखरेल

\"\"गोरखा, २० जेठ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले भूकम्प प्रभावितहरुको घर सर्वेक्षणमा इन्जिनियरहरु खटाएको भएपनि उनीहरु तालुकदार र डिठ्ठा परेका कारण बास्तविक भूकम्प पीडितहरु छुट्न गएको बताएका छन् । गोरखामा शुक्रबार आयोजित स्थानीय तहका पदाधकिारहरु र सरोकारवाला निकायहरु वीचको छलफलमा पोखरेलले भत्केका घर नदेख्ने इन्जिनियरलाई खटाएर गल्ती भएको बताएका छन् । गल्तीलाई सुधार गर्न पुनः सर्वेक्षणमा दक्ष जनशक्ति, वास्तविक इन्जिनियर खटाउन लागिएको र उनीहरुलाई सहयोग गरेर पीडितलाई घर बनाउने अवस्था सिर्जना गर्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । एक वर्ष अघि बारपाकमा राष्ट्रपतिले सिलान्यास गरेको र निर्माण कार्य पूरा भएको र उक्त घर पास हुने पोखरेले बताए । गोरखा जिल्लामा हाल सम्म सात हजारको संख्यामा नयाँघरहरु निर्माण भएको प्राधिकरण कार्यालय गोरखाका शाखा अधिकृत राजेन्द्र कार्कीले बताए । हामीहरु सबै संवेदनशील भएर आफ्ना लागि काम गर्नुपर्ने पोखरेलको भनाई छ । साना योजनाहरु गाउँपालिका र नगरपालिका आफैले गर्ने र पुर्न निर्माणको काममा समेत सघाउने मौका आएको उनले बताए । प्राधिकरणका सदस्य हरिराम पराजुलीले १७ प्रकारका नमुना घर मध्ये जुनसुकै नमुनाका घर बनाए पनि हुने बताए । ५८ हजार छुटेका घरलाई पूनः सर्वेक्षण गरी घर नभएका परिवारलाई घर बनाउने वातावरण बनाउन प्राधिकरण लागि परेको उनको भनाई छ । गोरखाको केरौंजा, बारपाक, लापु, काशिगाउँ लगायतका खतरा भएका बस्तीहरुलाई स्थलगत अध्ययन गरी उपयुक्त स्थानमा सारिने उनले बताए । बुढीगण्डकी प्रभावितहरुलाई स्थायी आवास निर्माणका लागि अुनदान दिने र सुकुम्वासीका लागि जग्गा खरिदका लागि समेत अनुदान दिने सरकारले निर्णय गरेको उनले बताए । आशिंक रुपमा भत्केका घरहरुलाई मर्मत सम्भारका लागि एक लाख प्रदान गरिने उनको भनाई छ । अव इन्जिनियर सर्वेक्षणमा आउँदा गुनासो गर्ने ठाउँ नराख्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । शहरका जुनसुकै स्थानमा घर भएपनि गाउँमा बस्नेका लागि घर बनाउन आवश्यक रहेकोले घर बनाउनेलाई अवरोध नगर्न उनको आग्रह छ । अभिमूखिकरण तथा अन्तक्र्रिया कार्यक्रममा धार्चे मनासलु गाउँपालिकाका अध्यक्ष सन्तोष गूरुङले गुरुङ जातिको घरको धुरी एउटै हुने र भान्सा फरक फरक हुने भएपनि गाउँमा पुगेका इन्जिनियर एउटै धुरी कायम गर्दा लाप्राकमा धेरै घरधुरीहरु छुटेको बताए । साथै एनआएनले निर्माण गर्दै गरेको भवन मापदण्ड विपरित रहेकाले अनुगमन गर्न सुझाए । कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, सुलिकोट गाउँपालिका अध्यष विष्णु भट्ट, अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, भिमसेन गाउँपालिका अध्यक्ष इश्वरी पाण्डे, उपाध्यक्ष विनु वाग्ले लगायतले गाउँपालिका भित्र रहेका समस्याका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम प्राधिकरण कार्यलय गोरखाका शाखा अधिकृत राजेन्द्र कार्कीको सञ्चालनमा जिल्ला समन्वय समितिको सभाहल गोरखामा भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending