जेष्ठ २६ गते, २०७४ शुक्रवार 9th June, 2017 Fri०७:३३:५३ मा प्रकाशित
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा सहकार्य गर्न आग्रह गर्दैै सरकारी वार्ता टोलीसँग छलफल गरी निर्णयमा पुग्न आग्रह गरेका छन् । देउवाले गठन गरेको कांग्रेसको तीन सदस्यीय वार्ता टोलीसँग राप्रपाले छिट्टै निर्णायक वार्ता गरी सत्तामा जाने तयारी गरेको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले कांग्रेस र राप्रपाको वार्ता टोलीबीच शनिवारसम्म निर्णायक वार्ता भई आफ्नो पार्टी देउवा सरकार सहभागी हुने जानकारी दिए ।
उनले भने, ‘एकदुई दिनभित्रै निर्णायक वार्ता गरी राप्रपा सत्तामा जान्छ । वर्तमान सरकारको पक्षमा संसद्मा मतदान गरेकाले संविधान कार्यान्वयनका लागि सत्ता साझेदारीमा सहभागी भइन्छ ।\'
राप्रपाले सम्मानजनक हैसियत पाएमात्र राप्रपा सरकारमा जानुपर्छ भन्दै पार्टी अध्यक्ष कमल थापा, नेता दिलनाथ गिरीलगायतले अडान लिइरहेका छन् । उनीहरूले सत्ता नेतृत्व गर्ने कांग्रेसले आफूहरूको ३७ सिटको ग्र्याभिटीलाई सम्मान गर्नुपर्नेमा जोड दिइरहेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहितको सम्मान पाउँदा संसद्को चौथो ठूलो दलले नपाउनुपर्ने कुनै कारण नरहेको तर्क अध्यक्ष थापा पक्षधरको छ ।
पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष बोहरालगायतका पक्ष भने सत्तामा साझेदार हुनुपर्ने अडानमा छन् । ‘सरकारमा जाने र नजाने भन्ने पार्टीमा दुई धार छ, सत्ता पक्षको वार्ता टोलीसँग निर्णायक वार्ता भएको छैन । त्यसैले सत्ता सहभागिताका विषयमा इन्कार गरिसकेका छैनौं, पाँचौ र छैटौं दलले जुन हैसियत यो सरकारमा पाइरहेका छन् । त्यसैअनुसार चौथो दलको सम्मान हुनुपर्ने माग हाम्रो हो\', राप्रपा नेता दिलनाथ गिरीले भने । अध्यक्ष थापा पक्षका अर्का एक नेताले भने, ‘गच्छदार उपप्रधानमन्त्री हुँदा चौथो दलले उपप्रधानमन्त्री पाउन नहुने कारण के छ । संसद्को ३७ सिटको ग्र्याभिटीलाई सम्मान हुँदा सरकारमा जान्छौं ।\'
देउवाको तीन सदस्यीय वार्ता टोली विमलेन्द्र निधि, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीसँग राप्रपाको तीन सदस्यीय वार्ता टोली जयन्त चन्द, गिरी र कुन्ती शाहीबीच शनिवार वार्ता हुनेछ । वार्ता परिणामका आधारमा राप्रपाले सत्तामा जाने कि नजाने निर्णय गर्ने उनले बताए । पार्टी अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित जान खोज्ने तथा वरिष्ठ नेता राणा उपप्रधानमन्त्री नपाए पनि अन्य मन्त्रालयमा सहकार्य गरी सत्तामा जानुपर्ने पक्षमा उभिँदा सत्तामा जान केही समय लाग्न सक्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका एक सदस्य बताउँछन् ।
राप्रपाका नेता रेशमबहादुर लामाले देउवालाई मतदान गर्नुका पछाडि सत्ता प्राप्तिकै लागि भएको जनाउँदै भने, ‘राप्रपा देउवा सरकारमा सम्मानजनक रूपमा जान चाहन्छ ।\'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: