Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विद्यालयलाई साढे आठ लाखका सामग्री सहयोग

[caption id=\"attachment_43765\" align=\"alignleft\" width=\"1024\"]\"\" file photo[/caption] फलेवास (पर्वत), २९ जेठ । पर्वतमा क्रियाशील लायन्स क्लब अफ कुश्मा सिटीले जिल्लाका विभिन्न विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । विपन्न बालबालिकाले अध्ययन गर्ने जिल्लाका नौ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, बोर्ड तथा अन्य शैक्षिक सामग्री गरी साढे आठ लाख बराबरका सामग्री सहयोग गरेको हो । जापानमा रहेको लायन्स क्लब अफ नाागासाकीको सहयोगमा उक्त सहयोग गरिएको हो । अध्ययनको सिलसिलामा जापानमा रहेका पर्वतको मोदी गाउँपालिका–२ पातीचौर निवासी ठाकुरबहादुर पौडेल र लायन्स क्लब अफ कुश्मा सिटीका संस्थापक सदस्य उषा पौडेल भण्डारीको पहलमा उक्त सहयोग प्राप्त भएको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३३७ सी टु आर जापानअन्तर्गतका विभिन्न पाँच वटा क्लबले उक्त सहयोग पाएका हुन् । सरस्वती मावि मोदी–२ को लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सोही ठाउँको विद्याज्योति प्राविका लागि पुस्तक, ह्वाइट बोर्ड र अन्य शैक्षिक सामग्री, पञ्चकोसी उच्च मावि आर्थरका लागि एक एक थान कम्प्युटर प्रिन्टर र प्रोजेक्टर सहयोग गरिएको छ । त्यसैगरी सिद्ध मावि पाङराङका लागि कम्प्युटर, वीरेन्द्र उच्च मावि पकुवाका लागि पुस्तक, ह्वाइट बोर्डलगायत अन्य शैक्षिक सामग्री, विद्याज्योति मावि माझफाँटकालाई प्रिन्टर र प्रोजेक्टर, काफलचौर उच्च मावि दुर्लुङको लागि पुस्तक, बोर्ड र शैक्षिक सामग्री, खौलालाकुरी मावि खौलाको लागि प्रोजेक्टर र बोर्ड सहयोग गरिएको हो । त्यस्तै सदरमुकाममा रहेको शिवालय माविलाई ल्यापटप वितरण गरिएको लायन्स क्लब अफ कुश्मा सिटीकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले जानकारी दिए । भण्डारीले आफ्नो अनुरोध र विशेष पहलमा विद्यालयलाई सहयोग गरेको बताए । परिवर्तित युगअनुरुप विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षा दिन सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको भण्डारीको भनाइ छ । क्लबले गरेको उक्त सहयोगले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिका बढी मात्रामा लाभान्वित हुने भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy