Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारी हिमपात र वर्षाले डाेल्पाबासी उत्साहित

डोल्पा, नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने डोल्पा जिल्लामा गतबर्ष भारी हिमपात र बर्षा भएकाले जिल्लाबासी र छिमेकी समेत उत्साहित भएका छन् ।

डोल्पामा यार्सागम्बा पाइने पाटन मात्र ३०० भन्दा धेरै रहेका छन् भने यी सबै पाटनमा वर्षमा हजाराँै किलोग्राम यार्सा सङ्कलन गरिने गरिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजारदेखि ४०० मिटरसम्मको उचाइमा पाइने गर्दछ ।

यार्सागुम्बाका लागि अत्यधिक चिसो, समयमै हिमपात र वर्षा आवश्यक पर्ने गर्दछ । यो वर्ष डोल्पामा भारी हिमपात र वर्षा भएकाले यार्सा धेरै पाइने स्थानीय यार्सा सङ्कलकहरुले बताएका छन् ।

यस वर्ष डोल्पामा पटक–पटक गरेर १० पटकभन्दा धेरै भारी हिमपात भइसकेकाले डोल्पाली र यो वर्ष धेरै हिमपात भयो भन्ने खबर पाएका छिमेकी जिल्ला जाजरकोट, रुकुम, सल्यान, जाजरकोट, जुम्लालगायत जिल्लाका मान्छेमा पनि उत्साह छाएको छ ।

डोल्पाली मात्र नभई छिमेकी जिल्लाका मान्छेको पनि मुख्य आर्थिक उपार्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बाको याम जेठदेखि असार अन्तिमसम्म चल्ने गर्दछ । यो वर्ष समयमै हिमपात भएकाले यार्साबाट मनग्य आम्दानी गर्ने आशामा आजैदेखि न्याना कपडा, पाल तथा खानेकुरासमेतको जोगावटतिर स्थानीयवासी जुटेका छन् ।

हिमाली पाटनमा वैशाखको पहिलो साताभित्रै यार्सा उम्रिसक्ने भए तापनि जेठ पहिलो सातादेखि मात्र आधिकारिक रुपमा यार्सा सङ्कलन फुकुवा गर्ने गरिन्छ ।

यस समयमा यार्सा सङ्कलनका लागि तराई र पहाडका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा मान्छेको ओइरो लाग्ने गर्दछ । यार्सा याममा डोल्पामा आन्तरिक र बाह्य गरेर एक लाखभन्दा धेरै मान्छे यार्सा सङ्कलनका लागि पाटनतिर जाने गर्दछन् ।

यार्सागुम्बा प्रतिवटा रु एक हजार देखि रु एक हजार ५०० सम्म पनि पर्ने भएकाले यस याममा एउटै मान्छेले पनि रु चार लाखदेखि रु पाँच लाखसम्म कमाई गर्ने गर्दछन् । यार्सागुम्बा डोल्पापछि मुगु, जुम्ला, हुम्ला, दार्चुलालगायत जिल्लामा पनि पाइने गर्दछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies