Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यन्वयनमा जटिल

\"\"काठमाडौं, ३ असार । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यान्वयन जटिल बन्न सक्ने सम्भावना धेरै रहेको छ । संघीय अवधारणा अनुसार स्थानीय संरचना बनिसके पनि निरन्तरता दिइएको उक्त कार्यक्रम जटिल हुन सक्ने स्थानीय विकास मन्त्रालयले जनाएको छ । सांसदको स्वविवेकीय अधिकार रहने उक्त बजेट खर्च गर्ने विधि र त्यसको अनुगमन प्रणाली प्रष्ट नहुँदा विगतमा जस्तै त्यसको दुरुपयोग हुनसक्ने महालेखा परीक्षकको कार्यालयको समेत चिन्ता छ । स्थानीय तहको बजेट त्यहीका जनप्रतिनिधिले नयाँ वित्तीय नीति बनाई खर्च गर्ने प्रावधान बनाएको सरकारले निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट खर्चमा कुनै अंकुश लगाएको छैन् । प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ करोड र निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत ५० लाख रुपैयाँ सांसदले आफूखुशी खर्च गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । स्थानीय तहले आफैंले वित्तीय कानून बनाउन सक्ने नयाँ परिस्थितिमा उक्त कार्यक्रमले उत्पन्न गर्ने जटिलताबारे स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने ‘केही जटिलताहरु अहिले हामीले महशुस गरिरहेका छौँ।’ संविधानमा अधिकार प्राप्त भइसकेको विषय कार्यविधि, निर्देशिका वा नियमावलीले अन्तर्गत चलाइरहनु उपयुक्त नमानिने भएको हुनाले यस्तो कार्यक्रमबारे नयाँ प्रणाली स्थापित गरेर जानुपर्ने अवस्था आउने देखिएको छ ।’ उक्त बजेट सम्बन्धित निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई समानुपातिक रुपमा वितरण गरी शर्तसहित खर्च गर्ने नयाँ बाटो सजिलो हुने उनको धारणा छ ।’ विगतको खर्च विवरणमा अनियमितताको प्रशस्त गन्ध पाएको महालेखा परीक्षकको कार्यालय झन् सशंकित बनेको छ । महालेखाका प्रवक्ता रामुप्रसाद डोटेलले भने ‘अहिलेसम्म राम्रोसँग त्यो प्रणाली नबनाई पैसा पठाएकोले अवस्थाले त्यसको प्रयोगको सन्दर्भमा अलिकति समस्या आउनसक्ने स्थिति देखिएको छ । केही प्रणाली र निर्देशिका बनाउनुपर्ने अवस्था छ । सांसदहरु खर्च विधि पारदर्शी बनाएर कार्यक्रमलाई निन्तरता दिनुपर्ने पक्षमा देखिन्छन् । संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले भने ‘विगतमा कतिपय ठाउँमा कमजोरीहरु भएका छन् । प्रभावकारी तरिकाले यो कार्यक्रमलाई सञ्चालन गर्नु आवश्यक छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending