Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

पर्यटनको ठुलो हिस्सा र्याफ्टिङ: विश्वकै उत्कृष्ट गन्तव्य नेपाल

\"\"काठमाडौँ, ६ असार । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको र्याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा र्याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । र्याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा ¥याफ्टिङले व्यावसायिक फड्को मार्न नसकेको बताउँछन् । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज नारा का पूर्व अध्यक्षसमेत रहेका थापाले र्याफ्टिङव्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले ¥याफ्टिङको सान्दर्भिकता र साख गिर्दै गएको स्वीकार्छन् । “प्रचारप्रसारको कमीले जलयात्राप्रति विदेशी आकर्षण कम छ, पछिल्लो समय ¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ” – उनले भने । नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो । नेपालको र्याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ । नेपालमा छ हजार नदीनाला छन् । त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन् । ठूला नदी, भू–बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा र्याफ्टिङ गर्न सकिने हुँदा नेपाल उत्कृष्ट मानिन्छ । यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेजहरु उपलब्ध छन् । नदी नभएका देशहरूले ¥याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई ¥याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि र्याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो । नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो । तर कुन–कुन नदी के–के कामका लगि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा ¥याफ्टिङ व्यवसाय अलमलिएको व्यवसायी थापाको भनाइ छ । नाराका अध्यक्ष चन्द्र दाहालले निकै सम्भावना बोकेको जलयात्रा पर्यटन नेपालको पर्यटन बजारको एक सशक्त आधार मानिए पनि यसको व्यावसायिक प्रवद्र्धन गर्ने काम हुन नसकेको बताए । अध्यक्ष दाहालले भने – “भूकम्पपछि उठ्नै नसकेको क्षेत्र भनेको र्याफ्टिङ हो । यो कहिल्यै सरकारी प्राथमिकतामा परेन । नदी अतिक्रमणले पनि झन् सङ्कट निम्त्याइदिएको छ । यसबारे उचित नीति आवश्यक छ ।” राजधानी नजिकैका त्रिशूली, भोटेकोसी, सुनकोसी जस्ता नदीमा जलयात्रा गरी रमाउन बर्सेनि उल्लेख्य सङ्ख्या पर्यटक पुग्छन् । त्रिशूली काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ । यहाँका टुइन्ज रक, लेडिज डिलाइट, लेन्स साइट, अपसेट र सरप्राइजजस्ता मुख्य र्याफ्टिङले गर्दा त्रिशूलीको आकर्षण बढेको हो । जलयात्रा पथप्रदर्शक अरुण थपलियाका अनुसार त्रिशूलीको जलयात्राबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो । नेपालमा र्याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ । त्यसमध्ये कर्णाली सबैभन्दा लामो ९१० दिनको यात्रा मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ । अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ । गैरकानुनी रुपमा जलयात्रा सञ्चालन हुनु, पर्यटक आफैँ आएर जलयात्रा गर्नु, जलयात्राका लागि खुल्ला गरिएका नदीहरुमा विद्युत्गृह निर्माणका लागि बाँध निर्माण गरिनुुलगायतका कारण जलयात्रा चुनौतीपूर्ण बन्दै गएको व्यवसायीको बुझाइ छ । नाराको विवरणअनुसार नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता छन् । वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेका छन् । जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोसी, भोटेकोसी र कर्णाली आकर्षक छाल र लामो भएकाले उत्कृष्ट मानिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE