Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

एक पत्रकार मारिए, दुई घाइते

\"\"पेरिस, ६ असार । इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका फ्रान्सेली टेलिभिजन च्यानलले मङ्गलबार जानकारी दिएको छ । इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमाबार भएको यस विस्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन् । फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरसका अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका थिए । यसअघि सोही स्थानमा कुर्दिस समाचारदाता बखियार अदाद पनि मारिएका थिए । उपचारको क्रमका स्टेफनको मृत्यु भएको थियो । व्यवस्थापन र फ्रेन्च टेलिभिजनका सम्पूर्ण कर्मचारीको तर्फबाट स्टेफानका श्रीमती सोफिए र् उनका चार छोराछोरीलाई समवेदना प्रकट गरेको छ । सो टेलिभिजनाको समाचार विभागका प्रमुखद्धारा प्रकाशित विज्ञप्तिमा उनीहरु सवैको तर्फबाट परिवारजनलाई हार्दिक समवेदना प्रकट गरेको छ । फ्रेन्च टेलिभिजनको भिडियो पत्रकार स्टेफनले विश्वभरी जारी द्वन्द्वलाई छायाङ्कन गर्दै आएका थिए । मोसुलमा जारी द्वन्द्वको विषयमा फ्रन्ेच टेलिभिजनको लागि उनीसँग भेरोनिकि रोबर्टले पनि सँगसँगै काम गर्दै आएका छन् । सो बम विस्फोटमा परी यी दुबै घाइते भएका र अमेरिकी सैनिक शिवीरको अस्पतालमा उनीहरुलाई सँगै उपचारको लागि लगिएको थियो । त्यसैगरी फ्रेन्च सञ्चार संगठनहरु र फ्रेन्च दैनिक ‘ला फिगारो’मा कार्यरत समाचारदाता सामुएल फोरे सो बारुदी सु्रुङ्ग आक्रमणमा परी सामान्य घाइते भएका छन् । उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफ्ना सहकर्मी बखियारलाई लिएर आफू चिन्तित भएको र दुई दिनदेखि उनीसँग सम्पर्क नभएको बताएका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies