आषाढ़ ८ गते, २०७४ बिहिवार 22nd June, 2017 Thu०७:२५:५० मा प्रकाशित
काठमाडौं, ८ असार। ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं\', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनता पार्टीका समर्थक रामअवध गुप्ताले भने । ‘बुलेट\' र आन्दोलनबाट मधेसमा परिवर्तन ल्याउन नसकेकाले ‘ब्यालेट\'मा होमिएको उनले बताए । ‘अब जे गर्छ, जनताको भोटले गर्छ\', उनले भने । सामाजिक सद्भाव बिथोल्ने, मधेसी-पहाडी, जातभातको कुरा गरेर जनतालाई आपसमा लडाउने खेल सबै पक्षले सदाका लागि छोड्नुपर्ने उनको भनाइ छ । ‘अब सबैले पुरानो घाउ बिर्सेर मिलिजुली विकासको क्रान्तिमा लाग्नुपर्छ\', उनले थपे ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पहिला चर्को स्वरमा साम्प्रदायिक कुरा गर्ने उनी अहिले मिजासिलो बनेर जनताको घरदैलोमा भोट माग्दै हिँडेका छन् । सबै पक्षसँग सहयोगका लागि आग्रह गरिरहेका छन् । सिद्धार्थनगरमा उनीसँगै कांग्रेसका मातृकाप्रसाद यादव, एमालेका हरि अधिकारी, राप्रपाका सागरप्रताप राणा, माओवादीका फैजअहमद खाँ, संघीय समाजवादी फोरमका अर्जुन जयसवाल, नेपाल लोकतान्त्रिकका पुनम अग्रवाललगायत दशजनाको उम्मेदवारी परेको छ । राजपाका तीन सयभन्दा बढी स्थानीय कार्यकर्ता स्वतन्त्र रूपमा उम्मेदवारी दिई रामअवधकै शैलीमा भोट माग्न व्यस्त छन् । असार ४ गतेअघि र अहिले उनीहरूको बोली र व्यवहार ठ्याक्कै उल्टिएको छ ।
यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकासहित रूपन्देहीका १० वटा स्थानीय तहमा राजपा कार्यकर्तालाई जनता रिझाउन भ्याइनभ्याइ छ । लुम्बिनीमा मनमोहन चौधरीले प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् भने नगरका १३ वटै वडामा राजपा कार्यकर्ताले उम्मेदवारी दिएका छन् । मायादेवी, गैडहवा, रोहिणी, ओमसतिया, सियारी, मर्चवारी, कोटीमाई गाउँपालिकाका कार्यकर्ताले चुनावी बाटो अँगालेका छन् । पार्टी चुनाव बहिष्कारमा लागेकाले उनीहरू स्वतन्त्र रूपमै चुनावी मैदानमा उत्रिएका हुन् ।
संविधान संशोधनको माग पूरा नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेको राजपाले निर्वाचन आयोगमा दल दर्तासमेत गरेको छैन । आफ्नो प्रभाव क्षेत्रमा राजपाले आफ्नै कार्यकर्तालाई सम्हाल्न सकेको छैन । चुनाव बहिष्कार गर्ने भन्ने पार्टीको सार्वजनिक निर्णय अवज्ञा गर्दै स्थानीय कार्यकर्ता चुनावको पक्षमा खडा भएको देखिन्छ ।
सांसदको संरक्षण
राजपा नेता एवं सांसद सर्वेन्द्रनाथ शुक्लाको आडमा कार्यकर्ताले रूपन्देहीमा उम्मेदवारी दर्ता गराएका हुन् । शुक्ला उम्मेदवारी दर्ता गर्न गराउन सरिक भएनन् तर सम्भावित आकांक्षी उम्मेदवारलाई घरमै बोलाएर चुनावमा अगाडि बढ्न निर्देशन दिए । केन्द्रको निर्णयलाई ‘एकछिन\' बेवास्ता गरेको शुक्लाको परिवार स्रोत बताउँछ । स्थानीय चुनावमा होमिएका कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक, राप्रपा, राष्ट्रिय जनमुक्तिलगायत सबै दलका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आकर्षक नारा र योजनासहित घरदैलो अभियान तीव्र पारेका छन् । रूपन्देहीमा १६ वटा स्थानीय तहमा दलगत ८ र स्वतन्त्र गरी ४ हजार ४ सय १३ जना चुनावी मैदानमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: