Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थान

\"\"काठमाडौं, ८ असार । मंगलग्रहको उपग्रह ‘फोबोस\' मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमुनाको डिजाइन तयार गरेको छ । समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताए । एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ । दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ । तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ । पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुनेछ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ । भण्डारीका अनुसार हरेक सिलिन्डरको चाप र ताप नियन्त्रण गरिएको छ । २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम नरहने गरी डिजाइन गरिएको उनले जानकारी दिए । मोडल तयार गर्न ६ महिना लागेको थियो । विद्यार्थीलाई पुल्चोक क्याम्पसका सह-प्राध्यापक सुदीप भट्टराईले सुपरिवेक्षण गरेका थिए भने नेपाल एस्ट्रोनमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सहयोग गरेका थिए । विजेता विद्यार्थी समूह आफ्नो नमुनाबारे जानकारी राख्न आगामी सेप्टेम्बर एआईएएले आयोजना गरेको ‘स्पेस फोरम\' मा भाग लिन अमेरिका जानेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending