Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सरकार फेर्न छलफल गर्दै दोस्रो तहका नेता

काठमाडौं, सत्तारुढ दल कांग्रेस–एमालेका शीर्ष नेताहरुबीच संविधान जारी गर्ने मिति तोक्ने कि प्रधानमन्त्री कोइरालाले सरकार छाड्ने भन्ने विषयले विवादको रुप लिइरहँदा सत्तारुढ दल र विपक्षी मोर्चाका दोस्रो तहका नेताहरुबीच सरकार र संविधानका नमिलेका मुद्धाहरुमा प्याकेजमा सहमति गर्दै अगाडि बढ्न सकिने बताएका छन् । केही दिन अघिदेखि मात्र सत्ताक्षीय र विपक्षी मोर्चाका दोस्रो तहका नेताहरुबीच संविधान निर्माणको कामलाई अगाडि बढाउन गर्न सकिने कदमहरुकाबारे औपचारिक र अनौपचारिक छलफल भएको थियो । छलफलमा संविधान निर्माणको कामलाई अगाडि बढाउन प्याकेजमा सहमित गरेर अगाडि संयुक्त रुपमा अगाडि बढ्न सकिने नेताहरुले बताएका थिए । उनीहरुबीच भएको छलफलमा संविधानका विवादित मुद्धामा विपक्षीले सहमति जनाउने र राष्ट्रिय सहमतिको सरकार गठनमा सत्तारुढले सहमति जनाउँदै राष्ट्रिय सरकारले संविधान जारी गर्ने विषयमा पछिल्लो छलफल केन्द्रीत रहेको दोस्रो तहको नेताहरुले खबरडबलीलाई बताएका छन् । ‘छलफलले ठोस निष्कर्ष लिइ सकेको छैन् त्यसैले अहिले नै सबै कुरा भन्न मिल्दैन ।’– बैठकमा सहभागि एक नेताले खबरडबलीसँग भने । संविधानसभामा बहुमतीय प्रक्रियाबाटै संविधान जारी गर्ने भन्दै प्रश्नावली समिति बनाइए पनि विपक्षी मोर्चाको अवरोधका कारण प्रक्रिया सफल हुन नसकेका कारण राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढ्न छलफल चलाइएको ती नेताले बताए । उनले भने– ‘संविधान निर्माण जस्तो विषयमा विपक्षीलाई विश्वासमा नलिइ अगाडि बढ्न सजिलो छैन भन्ने हाम्रो निष्कर्ष हो, त्यसैले हामीले विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्न छलफल चलाएका हौँ ।’ यस्तो छलफलमा नेपाली कांग्रेसका तर्फबाट नरहरी आचार्य, दिलेन्द्र बडु लगायतका रहेका छन् भने एमालेबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका युवा सक्रिय छन् । उता एमाओवादीबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वास पात्र मानिएका महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’, टोप बहादुर रायमाझि र शक्ति बस्नेत रहेका छन् । छलफलहरुमा मधेसी मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार भने आफै पहल लिन विभिन्न अनौपचारिक छलफलमा सहभागि हुँदै आएको स्रोत बताउँछ । दोस्रो तहका युवा नेताहरुले भावी सरकारमा अहिलेका प्रमुख चारै दललाई सहभागी गराउँदै संविधान निर्माणमा प्याकेजमा सहमति गर्नसमेत विकल्प दिएका छन् । एमाओवादीका नेताहरुले राष्ट्रिय सहमतिका लागि आमहड्तालको कार्यक्रम फिर्ता लिइएको बताउँदै आएका छन् । यसबीच मोर्चामा सहभागि दलहरुलाई पनि राष्ट्रिय सहमतिमा लिन एमाओवादीका युवा नेताहरुले पहल गरि रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy