Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सरकार काम गर्नुभन्दा निर्देशन दिनै व्यस्त

काठमाडौं, जाजरकोट र जुम्लामा सिजनल फ्लु र स्वाइन फ्लु फैलिएर १६ जनाको मृत्यु तथा झण्डै दुई हजार गाउँले विरामी भएको दुई हप्तापछि प्रधानमन्त्री सुशील कोइरालाले महामारी रोक्न निर्देशन दिएर औपचारिकता पुरा गरेका छन् । लामो निद्रपछि ब्युझिएका कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखा प्रमुख डा. बाबुराम मरासिनी सहितको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर महामारी रोक्न औपचारिक निर्देशन दिएका हुन् । ‘महामारी रोक्न रोक्न राजधानीबाट पनि विशेषज्ञहरुको टोली पठाउनु होस् थप क्षती हुन नपाओस ।’– प्रधानमन्त्री कोइरालाले भने । प्रधानमन्त्रीको यो निर्देशन त्यस बेला आएको हो जतिबेला महामारीले जाजरकोटमा १६ जनाको ज्यान गई सकेको छ भने आज मात्र जुम्लामा पनि यस महामारीले झण्डै डेढ सय विरामी परेका छन् । निद्रामै सरकार सञ्चालन गरी रहेका कोइरालाले सुदरपश्चिममा भएको महामारीबारे जानकारी पाउँदा समेत कुनै पहल लिएका थिएनन् तर समाचारपत्रहरुमा समाचार आएपछि र आलोचना बढ्न थालेपछि मात्र स्वास्थ्यसँग सम्बन्धीत अधिकारीहरुलाई बोलाएर निर्देशन दिएका हुन् । उनले बालुबाटारमा अधिकारीहरुसँग भने– ‘महामारीबाट थपको मृत्यु नहोस तपाईहरु युद्ध स्तरमा काम गर्नुस ।’ मन्त्री तथा स्वास्थ्य क्षेत्रका अधिकारीहरुलाई निर्देशन दिने क्रममा कोइरालाले दुर्गम स्थानमा जनशक्ति खटाउन पनि निर्देशन दिए । भेटका क्रममा स्वास्थ्य मन्त्री रहेका अधिकारीले महामारी प्रभावित क्षेत्रमा रोगको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई व्रिफिङ गरेका थिए । अहिले सो क्षेत्रमा काठमाडौंबाट गाएको स्वास्थ्यकर्मी तथा नेपाली सेनाको स्वास्थ्य टोलीले नमुना संकलन गर्ने र प्राथमिक उपचारको काम गर्ने गरी रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले खबरडबलीलाई जानकारी दिएका छन् । स्वाइन फ्लूको रोकथामको लागि विश्व स्वास्थ्य संगठनको एक टोली पनि जाजरकोटमा खटिएको छ । यसैक्रममा स्वाइन फ्लूको रोकथाम र नियन्त्रणको लागि एक लाख ट्वाबलेट बिहीबार नै संक्रमीत क्षेत्रमा पु¥याइन लागेको अधिकारीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE