Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

शताब्दी पुरानाे पेसा, जसले जीवन चलेकाे छ

सल्यान, जिल्लामा मोबाइल टेलिफोन नपुगेको र मोबाइल नभएको मान्छे विरलै होला । मोबाइल सूचनाको प्रभावकारी माध्यम बनेको छ तर पश्चिमी क्षेत्र मूलखोला –५ की रुपकली विकलाई भने परम्परादेखि चल्दै आएको कटुवाले पेसा जीवन गुजार्ने पेसा बनेको छ ।
गाउँमा रुपकली कराएको सुन्ने सबैले गाउँमा केही भएछ भनेर अड्कल काटछन् । कटुवाले पेसाबाट गुजारा चलाउँदै आएका रुपकलीका श्रीमान् अमृतको आफ्नै आँगनमा लडेर मृत्यु भएपछि श्रीमान्ले गरेको पेसा रुपकलीले सम्हालेकी हुन् । गाउँमा विवाह, मृत्यु, पूजापाठ र बैठकमा सबैलाई खबर गर्ने जिम्मा रुपकलीकै हुन्छ ।
एकाबिहानै गाउँका बीचैमा गएर ठूलो स्वरमा गाउँलेलाई आठ वर्षदेखि आफूले खबर गर्दै आएको रुपकलीले बताइन् । \'गाउँमा हुने सबै सूचना मलाई एकाबिहानै आउँछ, अनि मैले बीचैमा गएर ठूलो स्वरले खबर गर्छु अहिले त मलाई रुपकलीभन्दा पनि कटुवाल्नी भनेर गाउँलेले चिन्न थाले ।\' रुपकलीले भनिन् ।

सम्पत्तिका नाममा एउटा सानो झुप्रो मात्रै भएकी रुपकलीले सूचना प्रवाह गरेबापत प्रत्येक घरबाट वार्षिक रु दुई सय ५० घरधुरीबाट प्रतिघर दुई पाथी अन्न उठाउँदै आएकी छन् । \'श्रीमान्ले यही पेसा गरेर पाँच जनाको परिवार पाल्थे, अहिले चार जनाको परिवारको रोजीरोटी यही पेसाबाट जुटाउँदै आएकी छु\', रुपकलीले भनिन् ।

श्रीमान्को मृत्युले एकल तथा दलित महिला भइयो अब धेरै दुख पाइन्छ भन्ने पहिले ठाने पनि छरछिमेकले निकै सहयोग तथा संरक्षण गरेको उनको भनाइ छ । \'गाउँमा केही भयो भने खबर गर्ने जिम्मा उनैलाई छ\' स्थानीयवासी लोकबहादुर विष्ट बताउँछन्, \'हाम्रोमा मोबाइलले त्यति राम्रो काम गर्दैन, पुस्तौँदेखि चल्दै आएको कटुवाले परम्परालाई निरन्तरता दिएका छौँ ।\'

जिल्लाका अन्य कुनै पनि स्थानमा नभएको कटुवाले पेसा यही गाउँमा मात्र सीमित छ । परम्परादेखि चल्दै आएको सो पेसाले एकातिर कसैको जीवन गुजार्ने सहारा बनेको छ भने गाउँमा भाइचाराको सम्बन्ध प्रगाढ बनेको स्थानीयवासीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies