काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बुद्ध धर्मावलम्बी थाई जनताको मोहले यसलाई अझ सुदृढ बनाउँदै लगेको बताएका छन् ।
नेपालका लागि थाइल्यान्डका राजदूत वुट्टी वुट्टीस्यान्टले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्रीले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका दुई देशका बीचमा सञ्चालनमा रहेको हवाई सेवाले दुई देशबीच सुसम्बन्ध विकसित गर्न निकै सहयोग गरेको बताए । प्रधानमन्त्री कोइरालाले विकासका लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताउँदै नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास दिलाए । उनले नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने विश्वास पनि व्यक्त गरे । सो अवसरमा थाई राजदूतले नेपालमा थाई पर्यटकको सङ्ख्या बढ्दै गएको बताउँदै थाइल्यान्डको दूसित थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यवसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रक्रियाको आरम्भ भएको जानकारी दिए। उहाँले लुम्बिनीमा प्रसूति अस्पतालको निर्माण गरेको थाइल्यान्डले संयुक्त लगानीमा नेपालमा अस्पताल स्थापना गरेर गुणस्तरीय सेवा दिएको पनि बताए । भेटमा थाई राजदूतले थाइल्यान्डमा पनि यस वर्षको अन्त्यसम्म नयाँ संविधान आउने बताएका थिए । भेटमा नेपाल र थाइल्यान्डबीचको कूटनीतिक, सांस्कृतिक, आर्थिक सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: