रौतहट, चन्द्रपुरमा यथाशक्य चाँडो सेवा केन्द्र स्थापना गर्न यहाँका बुद्धिजीवीहरुले माग गरेका छन् ।
सेवा केन्द्र स्थापनाको निर्णय सरकारले स्थगित गरेको भन्दै चन्द्रपुरस्थित लोकतान्त्रिक चोकमा ११ दिनदेखि शान्तिपूर्ण रिले अनशनमा जारी रहेका सन्दर्भमा यहाँका बुद्धिजीवीहरुले यस्तो माग गरेका हुन् । सरकारले सेवा केन्द्र स्थापना गर्ने निर्णय स्वयम् सरकारले नै स्थगित गरेकाले अधिकारका लागि आन्दोनलको सुरुवात गर्नु परेको आज रिले अनशनमा सहभागी बुद्धिजीवी भरतप्रसाद आचार्यले बताए । यसरी आन्दोनलनको सुरुवात गर्नु चन्द्रपुरवासीको रहर नभई बाध्यता भएको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनप्रति सरकारले सुनुवाइ नगरे आन्दोलनको स्वरुप नै परिर्वतन गर्न बाध्य हुने अर्का बुद्धिजीवी शिव कोइरालाले बताउँछन् । उनले भने, \'सरकारले रौतहटको पायक पर्ने स्थान चन्द्रपुर र गरुडा नगरपालिकामा सेवा केन्द्र तत्काल स्थापना गर्ने निर्णय गरी कार्य सुचारु गर्नुपर्दछ ।\' मालपोत र नापी कार्यालय चन्द्रपुुरमा नहुँदा रौतहटको उत्तरी भेगका सेवाग्राही दैनिक रुपमा आवश्यकभन्दा बढी खर्च गरी सदरमुकाम गौर जान बाध्य हुँदै आएका छन् । सरकारले सेवाग्राहीका जायज मागप्रति सरकार गम्भीर हुनुपर्ने अर्का बुद्धिजीवी नीरञ्जनप्रसाद कोइरालाले बताए । चन्द्रपुरमा मालपोत तथा नापी कार्यालयलगायतका कार्यालयको सेवा केन्द्र अविलम्ब स्थापनाको माग गदै लोकतान्त्रिक चोकमा रिले अनशनप्रति विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलसहित विभिन्न पेसाकर्मीले ऐक्यबद्धता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: