Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विप्लव भन्छन्– साझा जनसेना बनाऊँ

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा भएका सबै माओवादी घटकहरुबीच तत्काल पार्टी एकता सम्भव नभएको तर उनीहरुबीच साझा ‘जनमुक्ति सेना’ निर्माण एवम् परिचालन सम्भव भएको बताएका छन् । रोल्पा–रुकुमतिरका पार्टी कार्यकर्ता, जनता र अरु राजनीतिक आस्थाका मान्छेले माओवादीहरुबीच पार्टी एकता, विप्लव माओवादीले गर्ने भनेको सशस्त्र संघर्ष र फौजी तयारीबारे जिज्ञासा राख्दा नेता विप्लवले यस्तो जवाफ दिएका हुन् । आधारभूत कार्यनीतिबारे एमाओवादी र वैद्य माओवादी अलमलमै रहेकाले तत्काल माओवादी एकता सम्भव नरहेको उल्लेख गर्दै उनले सबै माओवादीहरुको साझा जनमुक्ति सेना भने तत्काल निर्माण हुन सक्ने बताएका हुन् । ‘यसका लागि हामी त तयारै छौं’, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस्ता थुप्रै उदाहरण रहेको उल्लेख गर्दै महासचिव विप्लवले भने– ‘आखिर क्रान्ति नै गर्ने हो, जनताको सत्ता स्थापना नै गर्ने हो र नेपाली समाजको आमूल परिवर्तन नै गर्ने हो भने साझा जनमुक्ति सेना निर्माण गर्न अरु माओवादी साथीहरु किन तयार नहुने ?’ आफ्नो नेतृत्वमा नयाँ माओवादी पार्टीको गठनपछि अर्धभूमिगत शैलीमा पार्टीका गतिविधि अगाडि बढाइरहेको नेकपा माओवादीका महासचिव विप्लव हालै राजधानीबाट अकस्मात रुकुम पुगेका थिए । आइतबार रुकुम पुगेका उनी रुकुमकै गाँउघरमा ३ दिन बिताएर रोल्पातिर लागेका छन् । विप्लवले रुकुममा फौजी तालिम दिएको प्रचार भएपछि संवाददाताले सोधेका प्रश्नमा नेकपा माओवादीका एक स्थानीय नेताले भने– ‘कामविशेषले विप्लव कमरेड रुँघास्थित ससुराली आउनुभएको रहेछ । यही मौका छोपेर हामीसँग भेटघाट र सामान्य छलफल भएको हो, फौजी तालिम चलाइएको हल्ला वाहियात हो ।’ ‘उहाँ मुख्यतः पार्टीकै कामको सिलसिलामा रुकुम आउनुभएको हो  बाटैमा परेपछि ससुराली पस्नुभएको हो’ तर विप्लव भेटघाटका लागि ससुराली आएको कुरा मात्र पत्याउन नसकिने उल्लेख गर्दै स्रोतले भन्यो– ‘रुँघामा माओवादी पार्टीको दुई दिनभन्दा लामो प्रशिक्षण चलेको कुरा साँचो हो तर त्यो फौजी थियो कि गैरफौजी भन्ने कुराचाहिँ भन्न सकिन्न ।’ रुकुमको प्रशिक्षण सकेर महासचिव विप्लव रोल्पाको थवाङतिर लागेका छन् । यसपटकको भ्रमणमा विप्लवले जनयुद्धकालकै शैलीमा गलामा गलबन्धी तथा पिठ्युँमा ऊनीको झोला बोकेर हिँड्नुका साथै मूलसडक छाड्दै ग्रामीण वस्तीबीचका साँघुरा र कच्ची बाटो प्रयोग गर्नाले पनि फौजी तयारीको बढ्ता प्रचार भएको एक स्थानीय नेताले बताए । प्रशिक्षणमा उनले आफूहरु बन्दुक उठाइहाल्ने योजनामा नभएको तर राज्यले बाध्य पारे पछाडि पनि नहट्ने बताएको एक सहभागीले जनाए । सोही क्रममा उनले तत्कालै माओवादी घटकहरुबीच पार्टी एकता सम्भव नभएको उल्लेख गर्दै सबै घटक मिलेर संयुक्त रुपमा जनसेना निमार्ण गर्न सकिने तर्क राखेका हुन् । प्रशिक्षणका क्रममा विप्लवले कोरियाको उदाहरण दिँदै पार्टी फरकफरक भए पनि संयुक्त सेना निर्माण हुन सक्ने बताएको ती सहभागीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy