जंगबहादुर राणाका सन्तान धवलशम्शेरः जसले २० वर्षअघिको कामले चुनाव जिते
आषाढ़ २१ गते, २०७४ बुधवार 5th July, 2017 Wed०९:३५:४९ मा प्रकाशित
नेपालगन्ज, २१ असार । डा. धवलशम्शेर राणा नेपालका पूर्वप्रधानमन्त्री जंगबहादुर राणाका सन्तान हुन् । आफ्ना पुर्खा जंगबहादुरले अंग्रेज सरकारबाट उपहार स्वरुप पाएको बाँकेको नेपालगन्जमा उनी दोस्रोपटक प्रमुख चुनिएका छन्। त्यो पनि फरक–फरक पार्टीबाट। २०५४ सालको निर्वाचनमा उनी एमालेबाट तत्कालीन नेपालगन्ज नगरपालिकाको मेयर चुनिएका थिए।
यसपटक राप्रपाबाट उपमहानगरपालिकाको प्रमुख चुनिए। जंगबहादुरको सन्तान हुनु र जंगबहादुरले नै उपहार स्वरुप अंग्रेजबाट पाएको नेपालगन्ज २ पटकसम्म हाँक्ने अवसर पाउनु संयोग भने होइन। २० औं वर्षसम्म उनले निरन्तर नेपालगन्जको विकासका लागि गरेको योगदान र मेहिनतको प्रतिफल हो।
पटक–पटक पराजित हुँदा विचलित नभइ देखाएको राजनीतिक तथा समाजिक सक्रियताको नतिजा हो। यसअघि २०५४ सालमा धवल शम्शेर एमालेबाट मेयर पदमा विजयी हुँदा उपमेयर पदमा विजयी भएका एमालेका शमसुद्दिन सिद्दिकी यसपटक नगरप्रमुख पदमा धवलशम्शेरसँग प्रतिस्पर्धामा थिए। कांग्रेसबाट डा सुरेश कनोडिया चुनावी प्रतिस्पर्धामा थिए। त्यसैले ठूलो पार्टीको ओत पाएका कनोडिया र सिद्दिकी चुनावमा हाबी हुुने अनुमान धेरैको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शम्शेरले यसरी जित्लान् भनेर राजनीतिक वृत्तमा कमै चर्चा भयो।
पहिलो चरणको चुनावमा एउटै मात्र गाउँपालिका जितेको राप्रपाको संगठन उसै पनि नेपालगन्ज कमजोर मानिन्थ्यों। त्यसमाथि पहिलो चरणको निर्वाचनमा राप्रपाले राम्रो नतिजा ल्याउन नसकेका त्यसको प्रभाव दोस्रो चरणमा पर्ने कतिपयको आँकलन थियो। त्यसैले धवलशम्शेरको जमानत नै जफत हुनेसम्मका हल्ला विपक्षी पार्टीका नेता-कार्यकर्ताले नगरेका होइनन्। एमाले, कांग्रेस लगायतका पार्टीका उम्मेदवारले धवल शम्शेरको उम्मेदवारीलाई हाँसोका रुपमा लिए। तर जनता नै जनार्दन हुन् भन्ने धवलशम्शेरको जितले फेरि प्रमाणित गरिदियो। मतगणनाको शुरुदेखि नै धवलले फराकिलो अग्रता लिए। अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म उनको अग्रता कायम रह्यो। राम्रो मतान्तरसहित प्रमुखको कुर्सीमा विराजमान भए। उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा सुरेश कुमार कनोडियालाई ३ हजार ७ सय ८४ मत अन्तरले पराजित भए। धवल शम्शेरले १२ हजार ५ सय १५ भोट ल्याउँदा कनोडियाले ८ हजार ६ सय ३० मत मात्रै ल्याए। एमालेका समसुद्दिन सिद्दिकी ६ हजार ९ सय ६५ मतमा सीमित हुँदै तेस्रो स्थानमा आए।
रोचक कुरा २३ वटा वडामध्ये राप्रपाले ३ वटा वडामात्रै थियो। यसले स्पष्ट के देखाएको छ भने अन्य पदमा कांग्रेस, एमाले, माओवादी लगायत पार्टीलाई भोट हालेका धेरैले प्रमुखमा भने धवल शम्शेरलाई रोजेका छन्। धवल शम्शेरको जितपछि ठूला पार्टीहरुले नेपालगन्जमा ठूलै सबक सिक्नुपर्ने परिस्थिती निर्माण भएको छ। धवलको जमानत जफत हुन्छ भन्ने कांग्रेस र एमाले पार्टीभित्र अहिले खैलाबैला मच्चिएको छ। उनीहरु पार्टीभित्रै आरोप–प्रत्यारोपमा उत्रिएका छन्। ‘३६४ दिन एमाले १ दिन गाई र दाई हुनेलाई कसले कारबाही गर्ला ?’ हार्ने निश्चित भएपछि आक्रोशित हुँदै एमाले उम्मेदवार शमसुद्धिन सिद्धिकीले आफ्नै फेसबुकमा लेखेका थिए । उनी मतपरिणाम सार्वजनिक हुँदा तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भए। नेपालगन्जमा धवल शम्शेरका लागि हार र जित दुबै नौला विषय होइनन् । दुलर्भ त उनले यस क्षेत्रको विकासमा देखाएको इमानदारीता हो ।
२०५१ सालमै उनी संसदीय निर्वाचनमा उठेका थिए। तर पराजित भए। त्यसपछि पनि नेपालगन्जको विकासमा उनको योगदान भने कायम रह्यो। २०५४ सालमा मेयर पदमा विजयी भएका उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए। तर पराजित भए। हार्दा पनि नेपालगन्जलाई माया गरिरहने भएका कारण नै यसपटक जनताले उनलाई विजयी गराए।
२० वर्षअघिको काम नै चुनाव जित्ने आधार
जंगबहादुरको वंश धवल शम्शेरको परिवार पुस्तौंदेखि नेपालगन्ज बस्दै आएको छ। उनका बाजे, बराजुको जन्म समेत नेपालगन्जमै भएको हो। त्यसैले उनले सधैं नेपालगन्जमा विकास चाहे। मेयर भएको बेला उनले नेपालगन्जको रानी तलाउ र वाटरपार्कलाई व्यवस्थित बनाए। त्यहाँ बोटिङ गन मिल्ने बनाए। पर्यटक भित्र्याउन भूमिका खेले। नेपालगन्जलाई सुन्दर शहर बनाउन पहल गरे। नेपालगन्जको न्यूरोड उनकै पालामा बनेको हो। उनले नेपालगन्जमा महेन्द्रपार्क (मिनी जू) स्थापना गरे। प्राचीन बंगला र पाटीपौवाको संरक्षण गरेर पुनर्निमाण गराए। यो नै उनको चुनाव जित्ने आधार बन्यो।
जातिय, धार्मिक सद्भावमा ख्याल राख्ने उनी सामाजिक सद्भावप्रति सजग छन्। त्यसैले उनी हिन्दू, मुस्लिम सबैका प्रिय बन्न सकेका छन्। यो नै उनको भोट तान्ने आधार बनेको छ। राप्रपा नेपालको वरिष्ठ उपाध्यक्ष समेत भइसकेका धवल राप्रपा र राप्रपा नेपाल एकीकरणपछि राप्रपाको महामन्त्री छन्। उनले अमेरिकाको वासिङटन इन्टरनेशनल यूनिभर्सिटीबाट ‘द नेप्लिज मुनसिपालिटी, अ मेयर डिलेम्मा’ नामक शोध ग्रन्थमा विद्यावारिधी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: