Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

जग्गा हदबन्दीले प्रतिष्ठानको लाखौँ रकम फ्रिज

\"\"जुम्ला, २३ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्राप्त गर्ने जग्गामा हदबन्दी लगाइएका कारण ९७ लाख रुपैयाँ बजेट फ्रिज हुने भएको छ । प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेको चेरे चौरको ७३२ रोपनी, गुठीचौर गाउँपालिकामा रहेको धनराशि भन्ने स्थानको ५०० रोपनी र नगरपालिकाको मालाभिड भन्ने ठाउँको ३०० रोपनी जग्गा आफ्नो नाममा गर्न अनवरत रुपमा सात महिनादेखि लागेको थियो । यस बीचमा जिल्ला मालपोत कार्यालय जुम्लाले केही जग्गा प्रतिष्ठानको नाममा बिना दस्तुर पास गरेको थियो । तर पछि प्रतिष्ठानलाई संस्थाका रुपमा देखाएर राजश्व तिर्न भनेकाले काममा ढिलाइ भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । “प्रतिष्ठान नेपाल सरकारको होइन भनेर दस्तुर तिर्नुपर्ने गरिएछ र यसको सुझबुझका लागि भूमिसुधार विभागसम्म परिपत्र भएछ,” रजिस्ट्रार काफ्लेले भने । दुवै गाउँपालिकाका समुदायले जग्गा दिँदा पनि सरकारी संयन्त्रले त्यसमा बाधा ल्याएपछि शिक्षणका लागि प्रतिष्ठानका भौतिक संरचना निर्माण हुन नसकेको उनको दुखेसो थियो । भौतिक संरचना नबन्दा एचए, नर्सिङ लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न ठूलो सकस परेको उनको भनाइ छ । पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नै प्रतिष्ठानको जग्गा पासका लागि भनेर ९७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । तर मालपोत कार्यालयले प्रतिष्ठानको नाममा ३०० रोपनीभन्दा बढी जग्गा पास गर्न नपाइने नियम छ भनेर अड्को थापिदिँदा दस्तुरबापत प्राप्त भएको यो बजेट फ्रिज हुने पक्का भएको प्रतिष्ठानले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending