Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

शक्तिशाली भूकम्पको धक्का, २ को मृत्यु, १ सय भन्दा बढी घाइते

\"\"फिलिपिन्स, २३ असार । फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा क्षती पुगेको जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु लेयट प्रान्तमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । सर्बेक्षण संस्थाले ६.५ म्याग्नीच्युडको भूकम्प ६.५ किलोमिटर गईराईबाट आएको जनाएको छ । फिलिपिन्सका भूकम्पविज्ञहरुले लेयटको कानाङगा भन्ने ठाँउ देखि दुई किलोमिटर टाढा सम्म निकै धेरै कम्पनको महशुस गरिएको बताएका छन् । पृथ्वीको सतह धेरै कमजोर हुदै गएकाले यस्ताप्रकारका भूकम्प आउने गरेको उनीहरुको भनाई छ । भूकम्पका कारण कानाङगामा रहेको एउटा घर भत्कीदाँ एक जनाको मृत्यु भएको र अरु कम्तीमा दश जना घाइते भएको लेयटे प्रान्तका गभर्नर लेओपोल्डो डोमिनीको पेटिल्लाले जानकारी दिए । भत्किएको घरबाट एक जनालाई जिवितै तर घाइते अवस्थामा उद्धार गरिएको उहाँले बताउनु भयो । “मलाई लाग्छ घरले पुरिएकाहरुलाई बाहिर निकाल्न उद्धारकर्ताहरुले रातभरी मेहेनत गर्ने छन् र त्यो काम गर्न उनीहरु सफल हुनेछन्,” उनले भने । कानाङगाका उपप्रमुख एल्मेर कोडिल्लाले भत्किएको घरको तल्लो तलामा व्युटि पार्लर र माथिल्लो तलामा गेष्ट हाउस रहेको जानकारी दिए । घरमा बस्ने, कार्यालयका कर्मचारी र विद्यार्थीहरु गरी हजारौ व्यक्तिहरु घरबाट भागेर बाँच्न सफल भएका छन् । कानाङगादेखि झण्डै ३० किलोमिटर टाढा रहेको अर्को शहर ओर्मोकका प्रमुख रिचार्ड गोमेजले पहिरोका कारण एक युवतीको मृत्यु भएको बताए । त्यस क्षेत्रमा अन्य एक सय जना घाइते भएका छन् । फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प शक्तिशाली भएपनि भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies