तराईका १२ जिल्लामा पनि एमाले अगाडि, कुन दलले कहाँ–कहाँ जिते ?
आषाढ़ २४ गते, २०७४ शनिवार 8th July, 2017 Sat०७:०३:५१ मा प्रकाशित
काठमाडौं, २४ असार। दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।
माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।
कांग्रेस–माओवादीको भन्दा एमालेको बढी
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५१ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।
प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ४ र राप्रपाले ३ तह जितेका छन् । बाँकी दुईमध्ये कांग्रेस र एमालेले एक–एक तहमा अग्रता लिइरहेका छन् । मोरङका १७ तहमध्ये कांग्रेसले ७, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिका र धनपाल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।
सुनसरीका १२ तहमध्ये कांग्रेसले ६, एमालेले २, नयाँ शक्ति–संघीय फोरमले १ र लोकतान्त्रिक फोरमले २ तहको प्रमुख पद जितेका छन् । मतगणना जारी रहेको धरान उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । उदयपुरका ७ स्थानीय तहमध्ये एमालेले ६ र कांग्रेसले १ स्थानीय तह जितेका छन् ।
प्रदेश नं. ५ मा एमाले बलियो
प्रदेश नं. ५ स्थित तराईका ६ जिल्लामा एमालेले कांग्रेसको भन्दा झन्डै दोब्बर तहमा जितेको छ । एमालेले २२ र कांग्रेसले १२ तहमा प्रमुख जितेका हुन् । माओवादी केन्द्रले ६ तहमा जितेको छ ।
दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले १ तहको प्रमुख पद जितेका छन् । त्यस्तै, रूपन्देहीका १६ तहमा एमालेले ७, कांग्रेसले २, माओवादी केन्द्रले १ तथा नयाँ शक्ति–संघीय फोरमले ४ र लोकतान्त्रिक फोरम र राजपाका स्वतन्त्र उम्मेदवारले १–१ तह जितेका छन् ।
त्यस्तै, नवलपरासीका ७ तहमध्ये कांग्रेसले ३, एमालेले २ तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले १–१ तह जितेका छन् । बाँकेका ८ स्थानीय तहमध्ये एमालेले ४, कांग्रेसले २, राप्रपा र समाजवादी फोरमले १–१ तह जितेका छन् । बर्दियाका ८ तहमध्ये एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ तह जितेका छन् ।
प्रदेश नं. ७ मा कांग्रेस–माओवादी बराबर
प्रदेश नं. ७ स्थिति कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर २–२ तहका प्रमुख जितेका छन् । कैलालीका १३ मध्ये एमालेले ७, कांग्रेस र माओवादी केन्द्रले २–२, लोकतान्त्रिक फोरमले १ तहमा प्रमुख जितेका छन् । मतगणना जारी रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।
त्यस्तै, कञ्चनपुरको ९ तहमध्ये एमालेले ४, कांग्रेस र माओवादीले २–२ तहमा प्रमुख पद जितेका छन् । पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ ।
कुन दलले कहाँ जिते ?एमाले
झापा : कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी,
मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ,
सुनसरी : इटहरी, बराह,
उदयपुर : उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका,
दाङ : गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही,
रुपन्देही : बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना,
नवलपरासी : सुस्ता, बर्दघाट,
कपिलवस्तु : विजयनगर, शिवराज,
बाँके : कोहलपुर, खजुरा, जानकारी र बैजनाथ,
बर्दिया : ठाकुरबाबा, बढैयाताल, बाँसगढी,
कैलाली : गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की,
कञ्चनपुर : कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट ।
कांग्रेस
झापा : गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति,
मोरङ : उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा,
सुनसरी : इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर,
उदयपुर : चौदन्डीगढी, दाङ : राजपुर, राप्ती र शान्तिनगर,
रूपन्देही : देवदह, मायादेवी,
नवलपरासी : प्रतापपुर, रामग्राम र सुनवल,
कपिलवस्तु : कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा,
बाँके : डुडुवा, राप्ती सोनारी, बर्दिया : गुलरिया, गेरुवा,
कैलाली : जोशीपुर, बर्दगोरिया,
कञ्चनपुर : महाकाली, शुक्लाफाँट
माओवादी केन्द्र
मोरङ : रंगेली,
उदयपुर : सुनकोसी,
दाङ : बंगलाचुली,
रुपन्देही : ओमसतिया,
नवलपरासी : पाल्हीनन्दन,
बर्दिया : बारबर्दिया, मधुवन र राजापुर,
कैलाली : कैलारी र भजनी,
कञ्चनपुर : बेलौरी, लालझाँडी
नयाँ शक्ति–संघीय फोरम
मोरङ : जहदा गाउँपालिका,
सुनसरी : झोक्राह,
रूपन्देही : कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी,
कपिलवस्तु : मायादेवी,
बाँके (१) : नरैनापुर
फोरम लोकतान्त्रिक
मोरङ : बुढीगंगा,
सुनसरी : दुहवी, बर्जु,
रुपन्देही : सम्मरीमाई,
नवलपरासी : सरावल
कैलाली : जानकी
राप्रपाले प्रमुख जितेको तह
झापा(३) : कचनकवल, गौरीगन्ज र हल्दिबारी
बाँके (१) : नेपालगन्ज उपमहानगर
स्वतन्त्रले प्रमुख जितेको तह
रुपन्देही (१) : लुम्बिनी सांस्कृतिक नगर
कपिलवस्तु (२) : कृष्णनगर, शुद्धोदन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: