Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

काठमाडौंको ट्राफिक जाम व्यवस्थापनका लागि यस्तो छ गृहमन्त्रीको योजना

\"\"काठमाडौं, २५ असार । गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पुराना कारागारको जीर्णोद्धार गर्नेसम्बन्धी योजना बनाई सुधार अघि बढाइएको जानकारी गराए । काठमाडौंको ट्राफिक जाम हटाउने सम्बन्धमा विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता भएकाले सोहीअनुसार छलफल गरी काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति बनाई तत्काल काम गर्न पहल शुरु गरिएको जानकारी पनि उनले दिए । नयाँ गन्तव्यबारे पहल हुँदै त्यसैगरी श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेको र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयका तर्फबाट पहल भइरहेको बताए । उनले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पु¥याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताए । मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको जानकारी पनि दिए । बैठकमा शहरी विकासमन्त्री प्रभु साहले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै काठमाण्डु मात्र नभई देशका प्रमुख शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउन गुरुयोजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले पहल शुरु गरेको जानकारी दिए । आजको बैठकमा शहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम जारी छ । विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफल यही असार २० गतेदेखि सुरु भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending