Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा

\"\"पाँचथर । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा चार हजार ४०६ जना बालबालिकालाई ४१३ खोप केन्द्रमार्फत जन्मेदेखि १ वर्षभित्र लगाउनुपर्ने खोप पुरा गरेको जनाइएको छ । यो घोषणासँगै पाँचथरले पूर्ण खोपयुक्त भएका जिल्लाको सूचीमा अट्ठाइसौँ स्थान ओगट्न सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सभासद् श्रीप्रसाद जबेगूले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले अभियान सफल पार्न सहयोग गर्ने संस्थालाई सम्मान पनि गरेको थियो । पाँचथरमा पूर्ण खोपयुक्त अभियान २०७१ सालदेखि शुरु भएको हो । सबैभन्दा पहिले जिल्लाको थर्पु र सबैभन्दा पछाडि लुङरुपालाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको थियो । जिल्ला खोप समन्वय समिति पाँचथरका अध्यक्ष तथा स्थानीय विकास अधिकारी गिरीराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, काँग्रेस फिदिम नगरका प्रमुख पदका उम्मेदवार ओनाहाङ नेम्बाङ, एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, गैरसरकारी संस्था महासङ्घ पाँचथर जिल्ला अध्यक्ष बालकृष्ण ओझा लगायतले मन्तव्य राखेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies