Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

हिलारीलाई हराउन रुसको सहयोगबारे ट्रम्पका छोराले गरे इमेल सार्वजनिक

\"\"वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् । विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् । उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने बताएका छन् । त्यसपछि ती रुसी अधिकारीले ती मेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताएका छन् । गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखएिको छ । राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गर्नुभएको पनि सो समाचारमा जनाइएको छ । उक्त इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन् । यस वार्तालाप उनले नै मङ्गलबार सार्वजनिक गरेका हुन् । इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् । उनी हाल घरजग्गा किनबेच गर्ने ब्यवसायी हुन र उनले बुबा राष्ट्रपति भएपछि उहाँको समेत व्यापार सम्हालेर बसेका भनी यसअघि नै बताइएको थियो । यति बेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशिल भएको पनि बताएका छन् । इमेलहरुबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उहाँलाई बिजयी गराउनका लागि सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ । यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ । यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy