Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

परिक्रमा सडकवासीले पाएनन् क्षतिपूर्ति

\"\"गौशाला । महोत्तरी जिल्लामा परिक्रमा सडक निर्माण एवम् विस्तारमा सीमा निर्धारण प्रस्ट नहुँदा स्थानीयवासी मुआब्जा र क्षतिपूर्ति पाउनबाट वन्चित भएका छन् । सडकको चौडाइ नै निर्धारण नगरी परिक्रमा सडक निर्माण हुँदा यस सडकखण्डका मटिहानी, जलेश्वर नगरपालिका, लोहारपट्टी, मडै, धमौरालगायतका स्थानमा जग्गाको मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवाद समाधान हुन सकेको छैन् । धार्मिक पर्यटन, कृषि र उद्योग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित भारतको एक्जीव बैँकको ऋण सहयोगमा भारत सरकारले रु एक अर्ब ५० करोड २९ लाख २८ हजार ७२८ को लागतमा ९९ दशमलव ३७ किलोमिटर लामो परिक्रमा सडकको निर्माण थालिएको थियो । निर्माण जिम्मा लिएका पाँच ठेकेदार कम्पनीले जग्गाको मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवादका कारण देखाउँदै काम सुस्तगतिमा गरिरहेका छन् । भारत सरकारले एक्जीव बैँकमार्फत उपलब्ध गराएको सहुलियतपूर्ण ऋणको रकमले दुई वर्षअघि सडक विभागले पाँचवटा खण्डमा ठेक्का लगाएको थियो । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, डिभिजन सडक कार्यालय जनकपुर, दुबै जिल्लाका नगरपालिका जनकपुर परिक्रमा सडक, जिविस धनुषा र महोत्तरीको आपसी समन्वय नहुँदा मुआब्जा विवाद उत्पन्न भएको पीडितको भनाइ छ । मुआब्जा र क्षतिपूर्तिबारे एउटा निष्कर्षमा पुग्नुपर्ने विषयमा गम्भीर छलफल भइरहेको छ । कायम भइसकेको सीमा घटाउन नसकिने तर स्थानीयवासीको अन्यौलको अन्त्य गरिने परिक्रमा सडकका डिभिजिनल इन्जिनियर राजेश दासले बताए । यस सडकखण्डमा सन् २०१४ जुनदेखि काम शुरु गरेर सन् २०१७ अक्टोबर ८ मा सिध्याउनुपर्ने सम्झौता गरिए पनि हालसम्म करिब छ प्रतिशत मात्र काम सकिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending