Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाली श्रमिकको अबस्था बुझ्न युएइ आएको सरकारि टोलि बजेट अभाव भन्दै घुमेर फर्कियो

\"\"युएई । नेपाल सरकारकी उपसचिब निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रबर्धन बोर्डका गरी ५ जनाको सरकारी टोली युएई आएर फर्किएको छ । नेपाली कामदारहरुको अबस्थाबारे अध्ययन गर्न जुलाई ७ तारिकको दिन युएई आएको टोली बिना अध्ययन युएईका शहर घुमेर जुलाई १३ तारिक फर्किएको हो । टोली युएई आएर घुमफीर मात्र गरेर फर्किएको र नेपाल सरकारको बजेट मात्र सक्ने काम गरेको भन्दै युएईमा रहेका नेपालीहरुले आक्रोश ब्यक्त गरेका छन । नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले आफुहरुले कतैबाट औपचारिक जानकारी नपाए पनि अनौपचारिक रूपमा जानकारी पाएको बताए । उनले सरकारले यस्तो कार्य बन्द गर्नु पर्ने बताए । युएई आएको टोलीले यहाँ रहेका राजनैतिक दलका भातृ संगठन , एनआरएन , नेपाल पत्रकार महासंघ लगायत करिब १०० को हाराहारीमा रहेका जिल्ला स्तरीय, जातीय सस्था कसैसँग पनि सुझाव संकलन गरेन । यहाँका हरेक समस्यालाई दूतावास र नेपाल सरकार समक्ष पुर्याउने संघसस्थाका प्रतिनिधिहरुसँग भेटघाट नै नगरी संकलन गरिएको सुझावले नेपाल सरकारको बजेट मात्र सक्ने छ भन्ने युएईबासी नेपालीहरुको बुझाइ रहेको छ । ूयसरी मजदुरको नाममा हुने भ्रमण बन्द गरी त्यही रकम पिडित मजदुरहरुको उद्घारमा खर्च गर्ने हो भने केही राहतको महसुस हुन सक्छ ू बस्यालले भने । युएईमा लामो समय देखि विभिन्न छेत्रमा कार्यरत मजदुरका बिचमा रहेको हुनाले धेरै क्षेत्रका समस्या बारे जानकार रहेको र एक दिन पीडित सहित उपस्थित गराएर अन्तकृया नै गराउने योजना बनाएको भए पनि दूतावास र भ्रमणमा आएको टोली दुबैले बेवास्ता गरे पछी आफुहरु मौन बसेको गुनासो बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरुले गरेका छन । भ्रमणका बारेमै बोल्दै नेपाली जन प्रगतिशील मंच युएईका अध्यक्ष हेमन्त पौडेलले यतिधेरै सँघसगठन रहेको युएईमा सरकारी टोलीले कुनै जानकारी नगराउनु र दुबई शहर घुमेर मात्र फर्कनुले गैर जिम्मेबार र सरकारी ढुकुटीको लुट गर्ने स्पस्ट मनसाय भएकोले सम्पुर्ण श्रमिकहरुले आक्रोश ब्यक्त गरेको बताएका छन । यसैगरी जनसम्पर्क समिती, प्रबासी नेपाली मंच लगायतका संघसंस्थाका प्रतिनिधिहरुले पनि सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गरेका छन् । सरकारको मन्त्रालय बाट आउने टोलीले मजदुरका मुद्दा पहिचान गरी सम्बोधन गर्न लाग्नुपर्नेमा यातायातको समस्या र बजेटलाई नै कारण देखाइ उम्कन खोज्नुले लज्जास्पद बनाएको उनीहरुको भनाइ रहेको छ । यसैगरी नेपाली दूतावास अबुधाबिले भ्रमण टोलिको उदेश्य बारे दूतावास समेत प्रष्ट नभएको बतायको छ । उहाहरु यहाँ आउनु भयो हामीलाई नेपाली मजदुर कार्यरत केहि क्याम्प मा लैजानुस भन्नु भयो हामीले दुईवटा क्याम्प मा अनुमती लियका थियौ तर टाढा भएको र बजेट अभाव भन्दै दूतावास नजिकै रहेको महिला सेल्टर हाउस र केहि पीडित लाई भेटेर फ़र्कनु भयोू दूतावासका एक कर्मचारीले फोन सम्पर्कमा बताय नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र सभासद् प्रभु शाहको नेतृत्वमा एक टोलि युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेंटी गुनासो समेत गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्ड स्वदेस फर्किएर केहि सुधार गर्न खोजे पनि युएइ मा कार्यरत नेपालीको अवस्था र दलाल हरुको कार्यसैलिमा भने खासै परिबर्तन भएको देखिदैन । नेपालमा आर्थिक बर्षको अन्त्य हुनै लाग्दा तीब्र गतिमा देखिने यस्ता भ्रमण केबल राज्यको ढुकुटी रित्याउन तयारी गरियको नाटकिय खेल भन्दै अधिकाम्स नेपालीले आक्रोश व्यक्त गरेका छन भने सरकार यसबारे मौन देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending