Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

पहिरो प्रभावितलाई जापानका नेपालीको पाँच लाख सहयोग

\"\"बागलुङ । पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले पाँच लाख रूपैयाँ सहयोग जुटाएका छन् । चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिए । त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो । परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आउनुभएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बसेका छन् । अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उहाँको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो । जापानमा संकलित रकमबाट चोखाललाई नयाँ घर बनाइदिने योजना बनाइएको अभियानकर्मी तेजबहादुर थापाले बताए । चोखाललाई राहत रकम जुटाउन प्रवासीले ‘मनकुमारी चोखाललाई सहयोग गरौँ’ भन्दै फेसबुक अभियान चलाएका थिए । पति वियोगपछि एक्लो बनेकी चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा रहेको अस्थायी घरमा बस्दै आएकी थिइन् । पति, सन्तति र परिवारमा कोही पनि सदस्य नभएपछि चोखाल सहराविहीन छिन् । उनलाई राहत उपलब्ध गराउने उद्देश्यले बागलुङ सदरमुकाममा चलेको अभियानमा पनि ४० हजार रूपैयाँ संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत संघसंस्थाले नगद तथा राहत सामग्री उपलब्ध गराएको अभियानकर्मी मुकेशचन्द्र राजभण्डारीले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि उनलाई दश हजार रूपैयाँ उपलब्ध गराएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending