Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मृत्युदण्ड कानुनको पक्षमा राष्ट्रपति

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोलेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टर्कीमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक र्यालीमा उनले सो रहस्योद्घाटन गरेका हुन् । सो र्यालीमा उनले भने ‘यदि त्यो कानुन संसदले बनाएर मकहाँ आयो भने मैले रोक्दिन, हस्ताक्षर गर्नेछु । म वास्तवमा भन्ने हो भने राज्यद्रोहीहरुलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पक्षमा छु ।’ उनले त्यसो भनिरहँदा त्यहाँ उपस्थित भएका सर्वसाधारणले पनि देशमा कडा कानुनको खाँचो रहेको बताइरहेका थिए । उनीहरुले मृत्युदण्डको कानुनको पक्षमा राष्ट्रपतिको धारणाप्रति स्वागत पनि गरेका थिए । सन् २०१६ को जुलाई १५ मा केही रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासस्वरुप राष्ट्रपतिको विरुद्धमा भन्दै विद्रोह गरेका थिए । सरकारी भवनहरुमा बमबारी गर्नुका साथै गोली हानी सत्ता परिवर्तनको प्रयास उनीहरुले गरेका थिए । उक्त विद्रोहमा परी २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब दुई हजार २०० जना घाइते भएका थिए । तर ती सैनिकको विद्रोही प्रयास भने असफल हुन पुगेको थियो । टर्की सरकारले उक्त दुःखद आक्रमणमा परी मारिएका नागरिकको सम्झनामा शुक्रबार सार्वजनिक बिदा दिएको थियो । त्यसैगरी शनिबार जुलाई १५ को सोही दिन पारेर विशेष श्रद्धाञ्जलि सभाको पनि आयोजना गरेको थियो । विद्रोहमा उत्रिएका सैनिकले सर्वसाधारणको हत्या गरेको इस्तानबुलस्थित एउटा पुलमा आयोजना भएको कार्यक्रममा उनले सो धारणा राखे । साथै सो पुलको नाम जुलाई १५ शहीद पुल नामाकरण गरिएको छ । गत बर्ष जुलाई १५ मा भएको सो विद्रोहमा मारिएका निर्दोष सर्वसाधारणको स्मरणमा सो नाम राखिएको हो । रातारात भएको सैनिक विद्रोहका क्रममा उक्त पुलमा सर्वसाधारणमाथि सैनिकले हमला गरेका थिए । शनिबार आयोजना गरिएको सो र्यालीमा उपस्थित सर्वसाधारणहरुले हामी मृत्युदण्डको कानुन चाहन्छौँ भनेर नाराबाजी गरिरहेका थिए । टर्कीस् राष्ट्रपतिका समर्थकहरुले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्कीको पुनर्जन्मका रुपमा व्याख्या गर्ने गरेका छन् । उनीहरुले राष्ट्रपतिले राज्यद्रोहीलाई गरेको कारबाही सही हो भनेका छन् । उता उनका विरोधीहरुले भने राष्ट्रपतिले विद्रोहीलाई कारबाही गर्ने निहुँमा देशमा अन्याय गरेको भन्ने गरेका छन् । उनीहरुले ५० हजार जनालाई गिरफ्तार र डेढ लाख लाई बर्खास्त गरिएको विषय उठाउँदै सरकारले प्रतिपक्षलाई सिध्याउने खेल मात्र खेलेको दाबी गर्दै आएका छन् । उता युरोपेली युनियनले टर्कीस् सरकारलाई कूको प्रयासमा सम्लग्नहरुका नाममा गरिएका भनिएका यी क्रियाकलापहरु तत्कालै बन्द गर्न चेतावानी दिँदै आएको छ । टर्कीको सरकारले भने अमेरिकामा निर्वासनमा रहेका ईस्लाम धर्मगुरु फेतुल्लाह गुलेनको योजनामा उक्त कूको प्रयास भएको बताएको छ । उसले ती धर्मगुरुको योजनामा उनका समर्थकहरु सत्तापलटमा सम्लग्न भएको आरोप लगाउँदै आएको छ । आफ्नो संलग्नताको आरोपको गुलेनले भने खण्डन गर्दै आएका छन् । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । सरकारले गुलेनलाई सुपुर्दगी पनि माग गरेको छ । तर वासिङगटनले अस्वीकार गर्दै आएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies