Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

चिना हेरेर घरखर्च चलाउँदै दृष्टिविहीन महाप्रसाद

मोरङ । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । जन्मदै दृष्टिविहीन जन्मनुभएका दाहाल भन्छन्, “मैले पढेको होइन । अन्तर ध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ ,मलाई थाहा छैन् तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइसक्थे होला नि,” उनले थपे, “हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् ।” जसले विश्वास गर्छ उनीहरूले नयाँ ग्राहक लिएर दाहाललाई भेट्न पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उहाँकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै छिन् । महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गरेका थिए तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उनका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् । महाप्रसाद दैनिक कमाएर ल्याउँछन्, मनकुमारी, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउछिन् । भन्छन्, “ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु ।” आफन्त इष्टमित्र भए पनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाइ छ । उनीहरूका आफन्त नभएका होइनन् तर कहिलेकाहीँ आउने बाहेक केही भरोसा छैन् । सरकारी स्तरबाट उनीहरूले प्रतिव्यक्ति मासिक ६/६ सय रूपैयाँ पाउँछन् । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन । उनी भन्छन्, “मासिक एक हजार ५०० घर भाडा तिर्नुपर्छ ।” उनीहरूसँगै डेरा बस्ने बिमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा दिन्छन् । दैनिक दुई/तीनजना आउने गरेको उनीहरू बताउँछन् । बिमलाले भनिन्, “हामी ३ वर्षदेखि यहीँ घरमा सँगै बस्छौँ । महिनामा दुई/तीनजना मान्छे नआएको दिनै हुँदैन, शनिबार र मङ्गगबार त पालो कुर्नुपर्छ ।”
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy