श्रावण ३ गते, २०७४ मगलवार 18th July, 2017 Tue०६:४८:०३ मा प्रकाशित
काठमाडौं । कस्ता छन् प्रभाकर ?चक्रपाणि खनाल, माओवादी नेता
२५ वर्ष भयो संगत गरेको, म उहाँलाई हरेक मोर्चामा परिणामकेन्द्रित र सफल देख्छु । अलि छिटो रिसाउनुहुन्छ । टिमवर्क राम्रो छ, तर आपूmलाई राम्रो लागेको कुरामा अलि एकोहोर्याइँ गर्नुहुन्छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– कतिपय अवस्थामा परिणामलाई धेरै ध्यान नदिएर ठूलो जोखिम उठाउन तयार हुनुहुन्छ ।
अनुपकुमार उपाध्याय, सचिव, ऊर्जा
काम गर्न अत्यन्तै सजिलो हुनुहुन्छ । निर्णय लिनुअघि पर्याप्त छलफल गर्ने, तर निर्णय लिइसकेपछि पछि नहट्ने स्वभाव छ । काम गर्दा एउटा लक्ष्य निर्धारण गरेर सुरु गर्नुहुन्छ । त्यो लक्ष्य प्राप्तिका लागि लागिरहनुहुन्छ । खासमा उहाँ नतिजामुखी मानिस हो, नतिजा प्राप्तिका लागि प्रक्रियामा ध्यान दिनुहुन्न । उहाँ आफ्नो टिमको सदैव बचाउ गर्नुहुन्छ । उहाँको अर्को गुण भनेको टिमवर्क राम्रो हुनु पनि हो । विनाकारण काममा ढिलाइ गर्नेलाई भने उहाँ देखिसहनुहुन्न । कहिलेकाहीँ राति ३ बजे मैले यस्तो सोचेँ भन्दै मिटिङमा एजेन्डा प्रस्तुत गर्नुहुन्थ्यो । त्यसले त उहाँ सपना पनि कामकै देख्नुहुन्छ कि जस्तो लाग्छ ।
कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत् प्राधिकरण
टिमवर्कमा काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्नुहुन्छ । बनेको टिमलाई अघि बढाउन राम्रो नेतृत्व गर्नुहुन्छ । आफ्नो टिमलाई सधँै आत्मविश्वास दिएर काम लगाउने उहाँमा क्षमता छ । काम सुरु नै नगर्ने, सुरु गरेपछि त्यसलाई पूरा गरेरै छाड्ने र पूर्ण रूपले कामप्रति समर्पित रहने उहाँको स्वभाव छ । कहिलेकाहीँ झट्ट रिसाए पनि केहीबेरमै त्यसलाई ‘रियलाइज्ड’ गर्ने र दीर्घकालीन रूपमा इगो राख्नुहुन्न । आफूले गर्ने कामबारे बुझ्न खोज्ने र बुझेर मात्र
काम गर्ने स्वभाव छ ।
लक्ष्मी शर्मा, श्रीमती
अलि कडा स्वभावको हुनुहुन्छ । जतिसुकै बिरामी हुँदा पनि डरलाग्ने गरी खट्नुहुन्छ । उहाँलाई लागेपछि त्यो काम फत्ते नगरी मान्दै मान्नुहुन्न ।
प्रभाकर हाँक्दै छन् कर्मचारी : ३,९९२ प्रहरी : ७३,७३१ सशस्त्र : ३६,७५६ गुप्तचर : २,२७१महत्वाकांक्षी मार्गचित्र
गृहमन्त्रीको मार्गचित्र महत्वाकांक्षी छ, तर मन्त्रालयमा अहिले भएको बजेटभित्र यो सम्भव छैन । मन्त्रालयले पनि धेरै स्वामित्व लिएको देखिएन किनकि कार्ययोजना झारा टार्ने खालको बनेको छ । मन्त्री भन्छन्– यो मेरो होइन, मन्त्रालयको कार्ययोजना हो र कार्यान्वयन गरिन्छ ।
स्थानीय, प्रदेश र संघको चुनाव
७ माघभित्र प्रदेश र संघको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण गर्ने आयोगसम्म बनेको छैन । प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव बाँकी नै छ । राजपा अझै विभाजित छ । गोइत र ज्वालासिंहलगायतका सशस्त्र समूह, बेग्लै राष्ट्र खोजिरहेका सिके राउत र विप्लव माओवादी पनि मधेसमा गतिविधि बढाउने प्रयासमा छन् । तर, प्रभाकर भन्छन्, ‘राजपा र विप्लव पनि कुनै न कुनै हिसाबले चुनावमा आउँछन्, विखण्डनकारी र आपराधिक समूहलाई राज्यले त्यही हिसाबले व्यवहार गर्छ ।’
भद्रगोल अध्यागमन
प्रशासन भद्रगोल छ र भ्रष्ट छ । अध्यागमन पद्धति ‘मेनुअल’ छ । दस्ताबेज पहिचानका लागि अत्याधुनिक उपकरण छैनन् । तीनतिर खुला सिमाना छ । कस्ता मान्छे आए र के–के गरेर गए भन्ने थाहा हुँदैन । अध्यागमन विभागको प्रभावहीनता अरू धेरै विकृति र विसंगतिको कारण बनेको छ । गृहमन्त्रीको टिप्पणी छ, ‘अब अध्यागमनमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति दुवै हुन्छ ।’
टेन्टमा प्रहरी, जीर्ण कारागार
काठमाडौं परिसरसहित अभैm दर्जनौँ प्रहरीचौकी टेन्टबाट चलेका छन् । अधिकांश कारागारको भौतिक संरचना जीर्ण छ । दश हजार क्षमता भएको ठाउँमा १९ हजार कैदी राखिएको छ । खुला कारागार र कैदीबन्दीलाई सामुदायिक सेवामा पठाउने अवधारणा कागजमै सीमित छ । मन्त्री भन्छन्, ‘केही समयमै सुधार देख्नुहुन्छ ।’
सशस्त्र र प्रहरीबीच असमझदारी
सशस्त्र बल र नेपाल प्रहरीबीच लामो समयदेखि कार्यक्षेत्रको विवाद छ । सशस्त्रले सीमा सुरक्षा र औद्योगिक सुरक्षालगायतका विशिष्ट कामको जिम्मेवारी पाएको छैन । गृहमन्त्री भन्छन्– दुवैको कार्यक्षेत्र तय हुन्छ र यो विवादको स्थायी हल निकालिन्छ ।
गुन्डागर्दी नियन्त्रण पुरानै चुनौती
राजनीतिको आपराधीकरण र अपराधको राजनीतीकरण भएको छ । गुन्डा ऐन छैन । प्रहरीमा ‘हिरोइज्म’ हाबी छ । गृहमन्त्री भन्छन्, ‘करिश्मा देखाउने होइन, जनताका लागि काम गर्ने प्रहरीलाई उत्साहित बनाइनेछ ।’
मनोबल गुमाएको प्रहरी
चरम राजनीतिक हस्तक्षेपले पहिल्यै व्यावसायिकतामा ह्रास आएको नेपाल प्रहरी पछिल्लो समय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच सोझो द्वन्द्वको कारण बन्यो । प्रहरीभित्र चर्को गुटबन्दी छ । नेताका वरपर नघुम्नेले उपयुक्त भूमिका पाउँदैनन् भन्ने मनोविज्ञान छ । गृहमन्त्री भन्छन्, ‘अब योग्य व्यक्तिले योग्य जिम्मेवारी पाउँछ र मनोबल बढ्छ ।’
प्रभावहीन गुप्तचर
राष्ट्रिय अनुसन्धान विभाग पत्रिकाका कटिङले चलेको ठट्टा गरिन्छ । विभागले अहिलेसम्म कुनै ठूला घटनाको पूर्वसूचना दिएको एउटै उदाहरण छैन । न जनशक्ति दक्ष छ, न आधुनिक सूचना प्रविधिको प्रयोग छ । तर, गृहमन्त्री भन्छन्, ‘अब विभाग नयाँ ढंगले गतिशील हुन्छ ।’
जताततै जामैजाम
ओभरहेड ब्रिज, सबवे र फ्लाईओभर त परको कुरा, ट्राफिक लाइटसम्म छैन । गृह मन्त्रालयले ट्राफिक प्रहरी त परिचालन गर्न सक्छ, तर यत्तिले सबै समस्या समाधान हुँदैन । गृहमन्त्री भन्छन्– भौतिक योजना, यातायात र गृहबीच समन्वय जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: