Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सवारी कारबाहीबाट मात्रै कपिलवस्तुमा डेढ करोड बढी राजश्व संकलन

\"\"कपिलवस्तु । आर्थीक वर्ष २०७३ ०७४ मा सवारी कारवाहीबाट मात्रै कपिलवस्तु जिल्लामा मात्रै एक करोड भन्दा बढी राजश्व संकलन भएको छ । कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ । गत आर्थीक वर्षमा कूल २६ हजार ५ सय १३ सवारी कारवाहीबाट सो राजश्व संकलन गरेका बताइएको छ । आर्थिक वर्ष ०७२ ७३ मा २४ हजार ५ सय ७० सवारी कारवाहीबाट ट्राफिकले ९८ लाख ९५ हजार ९ सय रुपैयाँ राजस्व असुली गरेका थियो । गत वर्षको तुलनामा यसवर्ष ट्राफिकले ५७ लाख ४९ हजार ६ सय रुपैयाँ बढी राजश्व संकलन गरेकोे ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिएका छन् । गतवर्षको तुलनामा यसवर्ष ट्राफिक नियम उलंघन गर्ने सवारी संख्यामा १हजार ९ सय ४३ बढी भएको कार्कीले बताएका छन् । यसवर्ष सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक परेका छन । वर्षभरि कूल १८ हजार ६ सय २५ ट्रक, ३ हजार ६ सय ६ वटा मोटरसाइकल, १ हजार ४ सय ७८ वटा बस, १ हजार ४ सय २४ वटा ट्याक्टर र अन्य सवारी साधन कारवाहीमा उक्त राजश्व संकलन भएको कार्कीले जनाएका छन् । नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७३ ०७४ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । जसबाट ट्राफिकले ३१ हजार राजश्व असुली गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending