Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बाढि पीडितलाई राहत दिएर फर्कियो नविना लामाको टोली

\"\"काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) ले रामेछापस्थित लिखु गाउँपालिकाका–१ खिम्तिका बाढी प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको जनाएको छ । संगठनले खाद्य सामग्री, ब्लाङ्केट, टेन्ट तथा प्राथमिक स्वास्थ्य उपचार सामग्रीलगायत संकलन गरी घटनास्थलमा पुगेर उनीहरुलाई सहयोग गरेको हो । पीडितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा मङ्गगलबार त्यसतर्फ गएको एक टोली राहत बाँडेर सोही दिन साँझ काठमाडौँ फर्केको थियो । गत शनिबार गएको बाढीपहिरोबाट त्यस क्षेत्रका स्थानीयवासी प्रभावित भई दुःख कष्ट भोग्नुपरेको, खुल्ला आकाशमुनि सुत्नु परेको खबर आएपछि अनेरास्ववियुले पीडितलाई राहत वितरण गर्न विभिन्न स्रोत परिचालन गरी सामग्रीको व्यवस्थापन गरेको हो । अनेरास्ववियुका अध्यक्ष लामाले दैवी प्रकोपका कारण गाँस र बास गुमाउन बाध्य भएका नेपालीलाई मानवीय सहयोग उपलब्ध गराएको जनकारी दिइन् । मुलुकमा संविधान निर्माण, संविधान जारी तथा संविधान कार्यान्वयनमा रचनात्मक सहयोग गर्दै आएको संगठनले विद्यार्थी आन्दोलनका साथै महँगी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरणका लागि विशेष दबाबमूलक कार्य गर्दै आएको छ । यसअघि सो संगठन तथा युवा संघलगायतले सप्तरीको तिलाठीको दैवी प्रकोपमा पनि राहत उपलब्ध गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । रामेछापमा भएको घटनामा पाँचजनाको मृत्यु तथा २५ घरपरिवार प्रभावित रहेको संगठनले जनाएको छ । तस्वीरः नविना लामाको फेसबुकबाट  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending