Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

ब्युँत्याइँदै प्रचण्डपथ

\"\"काठमाडौं । तत्कालीन नेकपा एकता केन्द्रसित मिल्ने क्रममा माओवादीले नौ वर्षअघि छाडेको ‘प्रचण्डपथ’ ब्युँताउने प्रयास सुरु भएको छ । राजधानीको पेरिसडाँडामा पाँच दिनदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार र शुक्रबार बोल्ने अधिकांश नेताले पार्टीलाई बाँध्ने ‘वैचारिक हतियार’ हराएको भन्दै अब प्रचण्डपथमा फर्कनुपर्ने माग गरेका हुन् । आजको कान्तिपुरमा खबर छ– तत्कालीन भूमिगत माओवादीले २०५७ माघमा भारतको नोयडामा गरेको दोस्रो राष्ट्रिय सम्मेलनबाट पास गरेको प्रचण्डपथ २०६५ मा नारायणकाजी श्रेष्ठ पक्षसित एकताका लागि स्थगित गरेका कारण आजको रक्षात्मक अवस्थामा पुग्नुपरेको समीक्षासमेत उनीहरुले गरे । प्रचण्डपथको आलोचक पंक्तिले भने नेतृत्वको चाकडी गर्न यो बहस ल्याइएको आरेप लगाएको छ । योसँगै माओवादीभित्रको आन्तरिक असन्तुष्टि प्रचण्डपथ माथिको ‘सैद्धान्तिक बहस’ को आवरणमा छताछुल्ल भएको छ । ‘प्रचण्डपथमा फर्कौं भन्नुको अर्थ मैले इतिहासको गाडीलाई पछाडि फर्काऔं भनेको होइन, तर विचार संश्लेषणका लागि डिलाइ हुँदैछ,’ नेता अग्निप्रसाद सापकोटाले भने, ‘प्रचण्डपथ व्यक्ति प्रचण्डको सम्पत्ति होइन, सबैको योगदानबाट प्राप्त भएको महान् संश्लेषण थियो, त्यसलाई आजको परिवर्तित अवस्थामा विकास गर्दै जाने हो, छाड्ने हाइन ।’ प्रचण्डपथ पुनःस्थापनाका प्रस्तावक नेता सापकोटा माओवादीमा मोहन वैद्य, बाबुराम भट्टराईबीच मतान्तर रहेकै कालससमेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्थे । सापकोटाको प्रस्तावलाई कृष्णबहादुर महरा, हरिबोल गजुरेल, मणि थापा, रेखा शर्मा, गणेशमान पुन, हितराज पाण्डेलगायतले समर्थन गरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका महराले बैठकमा बोल्दै विचार संश्लेषणमा पार्टी पछि पर्दै गएको भन्दै प्रचण्डपथको औचित्यमाथि बोले । ‘त्यसबेला कार्यनीतिक फाइदाका लागि पार्टीले अघि सारेका प्रस्थापना छाड्ने काम भयो,’ महरालाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘अब तयसलार्य सच्याएर नयाँ पार्टी र कम्युनिस्ट आन्दोलनको विकास गर्ने हो भने प्रचण्डपथमा जाऔं ।’ माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड निकट मानिने नेताहरुबाट यो विचार शृंखलाबद्ध रुपमा प्रकट हुनुलाई अर्का नेता नारायणकाजी श्रेष्ठ पक्षले निको मानेको छैन । एक नेताको भनाइमा अध्यक्ष प्रचण्डलाई प्राधिकार घोषणा गर्ने यो योजनाबद्ध प्रयास हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy