Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजिनामा

\"\"वासिङ्गटन । अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट आज (शनिवार) राजिनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात नयाँ नियुक्ति दिनु भएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजिनामा दिएका हुन् । स्कारामुस्सिको नवनियुक्ति पश्चात् स्पाइसरले राष्ट्रपति ट्रम्पको कदमप्रति कडा आपत्तिसमेत जनाएका अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । तत्कालै राजिनामा दिए तापनि अगस्ट महिनासम्म कार्यरत भै त्यसपछि मात्र पदत्याग गर्ने ४५ बर्षीय स्पाइसरले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन । ह्वाइट हाउस जस्तो गरिमामयी कार्यालयको सञ्चार विभाग हाँक्ने योग्यता र औकात नवनियुक्त निर्देशक स्कारामुस्सिसँग हुँदै नभएको भनी स्पाइसर र उनका सहकर्मी चिफ अफ स्टाफ रेइन्स प्रिबसको दाबी रहेको छ । हालसम्म ह्वाइट हाउसप्रति पुर्याएको सेवा बापत धन्यबाद दिँदै आजै प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले स्पाइसरको कार्य सम्पादन क्षमताबाट आफू प्रभावित रहेको उल्लेख गरेका छन् । स्पाइसरको राजिनामा तथा उनले स्कारामुस्सिको बारेमा गरेको टिप्पणीप्रति ट्वीटरमा प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले पहिला पहिला फटाहा सञ्चार माध्यमहरुले समाचारहरुको अत्यन्त दुरुपयोग गरी ह्वाइट हाउसलाई उछाल्दा समेत यिनले ठीक पारेका थिए । तर यत्ति सानो घटनामै राजिनामा दिइ हाल्नु पर्ने स्पाइसर गजबका ब्यक्ति रहेछन् भनी आश्चर्य प्रकट गरेका छन् । राष्ट्रपति ट्रम्पको सञ्चार प्रशासनमा प्रवेश गरेको केही हप्तामै स्पाइसर विवादमा मुछिएका र अधिकांश अमेरिकी सञ्चार माध्यमहरुले उनलाई हास्यास्पद तथा आलोचनाका पात्र बनाएका थिए । नियुक्ति पाएको केही हप्तादेखि नै उनको सम्भाब्य राजिनामा वा बहिर्गमनको अडकल काटिन थालेको थियो । त्यस्तै, नवनियुक्त सञ्चार निर्देशक, ५३ बर्षीय स्कारामुस्सिले आफ्नो छवि एक राजनीतिक ब्यक्तित्व, अर्थबिद्, धनाढ्य तथा लगानी कर्ताका रुपमा निर्माण गरेका छन । उनले न्युयोर्कका थुप्रै बैंक तथा अन्य वित्तिय संस्थाहरुमा काम गरिसकेका छन् । तर, उनी पनि विवाद रहित भने छैनन । केही समय अघि एक पटक, सिएन्एन्द्वारा प्रसारित एक आलेख कथानक वृत्तान्तमा एउटा रुसी लगानी कोषको शंकास्पद गतिबिधिसँग उनको नाम गाँसिएको थियो । पछि सिएन्एन्ले उनको नाम मुछिएकोमा यसलाई सम्पादन गर्न बाँकी रहेको अवस्थामा प्राविधिक त्रुटीवश प्रसारण हुन पुगेको भन्दै क्षमा याचना गरेको थियो । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies