Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

आत्मघाती आक्रमणमा परी २४ को मृत्यु

\"\"काबुल । पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम विस्फोटमा परी २४ व्यक्तिको ज्यान गएको समाचार छ । सरकारी कर्मचारी बोकेको एक बसलाई लक्ष्य गरी गरिएको यस आक्रमणमा परी २४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४२ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानको राजधानीमा भएको यो पछिल्लो हिंसात्मक आक्रमण भएको बताइएको छ । सरकारी कर्मचारी लक्ष्य गरी गरिएको सो आत्मघाती कारबम आक्रमण पछिल्लो र शक्तिशाली भएको प्रहरीले जनाएको छ । बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको सो बसलाई कारबम विस्फोटमा पारिएको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले जानकारी दिएका छन् । यस कारबम आत्मघाती आक्रमणमा परी मारिएका र घाइते अधिकांश सर्वसाधारण र केही कर्मचारी पनि रहेका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमाबार बिहान ७ बजे भएको यस आत्मघाती आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ । आज भएको यो आक्रमण प्रख्यात राजनीतिज्ञ तथा पूर्व सेनापति मोहमद मोहकेकको भवन नजिकै भएको थियो । सोमबार बिहान सबेरै भएको यस आक्रमणमा शुरुमा १२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका गृहमन्त्रालय स्रोतले जानकारी दिएको थियो । पछि सो संख्या बढेर २४ पुगेको र घाइते पनि ४२ जना पुगेको सो मन्त्रालयले जनाएको छ । सन् २०१७ को शुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिक मारिने क्रम निकै बढेको बताइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा द्वन्द्वमा परी एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ । यसरी मारिनेमा प्रायः सर्वसाधारण नै रहेका हुन्छन् । सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा उनीहरु मारिएका हुन् । काबुलमा हुने गरेका यस्ता आक्रमणमा यस समयावधिमा प्रायः सर्वसाधारण नै मारिएका छन् । गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौँ घाइते भएका थिए । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending