Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मन्त्रिपरिषद् विस्तार आज

\"\"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (आज) दोस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तारूढ नेकपा माओवादी केन्द्र र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्रिपरिषद् विस्तारका लागि निरन्तर दबाब दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार कांग्रेसका समेत सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । अाजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान गरेको राप्रपाले भने प्रधानमन्त्रीका तर्फबाट सोमबार बेलुकासम्म सरकारमा सहभागी हुन कुनै प्रस्ताव नआएको जनाएको छ । मन्त्रालय र संख्या र संसद्मा विचाराधीन संविधान संशोधन एजेन्डामा कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले राप्रपाबिनै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका हुन् । संविधान संशोधन एजेन्डा अलपत्र परेसँगै साना दलको सरकार प्रवेशसमेत तत्काल टरेकाले कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका तर्फबाट मात्र मन्त्रिपरिषद्मा सहभागिता रहने कांग्रेसका नेताहरू बताउँछन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमै नेताहरूले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको, पार्टीका विभागलाई पूर्णता दिन नसकेको भन्दै चर्को आलोचना भएपछि देउवाले बैठकलगत्तै मन्त्रिपरिषद् विस्तारको प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षी बढी भएको र भौतिक योजना तथा यातायात मन्त्रालय देउवा पक्षले लिने कि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिने भन्ने विवाद मिल्न सकेको छैन । कांग्रेसले नाम छनोट गर्न नसके भोलि मात्रै कांग्रेसभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसके पनि माओवादी केन्द्र र फोरमलाई समेटेर भए पनि सरकार विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री स्रोतले बतायो । सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतार सार्वजनिक रूपमै प्रधानमन्त्री देउवाले मंगलबार (आज) सम्मको समय मागेको बताएका थिए । प्रधानमन्त्रीलाइ भेटेर पटकपटक मन्त्रिपरिषद् विस्तारका लागि दबाब दिँदै आएका प्रचण्डले सार्वजनिक रूपमै आफूलाई समेत लाज लाग्न थालेको बताएका थिए । माओवादी केन्द्रले मन्त्रीहरूको टुंगो लगाइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि माओवादी र प्रधानमन्त्रीको आफ्नै दलबाट पनि आलोचना बढेको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेस र मुख्य सत्तारुढ दल माओवादी केन्द्रबीच एक साताअगाडि नै मन्त्रालय भागबन्डामा सहमति जुटे पनि कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । दुई दलको सहमतिअनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले नौ, लोकतान्त्रिक फोरमलाई तीन, राप्रपा सरकारमा आए उपप्रधानसहित चार र बाँकी मन्त्रालय साना दललाई दिने सहमति जुटेको थियो । फोरम लोकतान्त्रिकले अघिल्लो पटक पाएको मन्त्रालय नै पाउनुपर्ने माग राख्दै आएको छ । तर, सत्तारूढ दलले पर्यटन मन्त्रालयमा भने दाबी नगर्न आग्रह गर्दै आएको छ । गत २३ जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी गराएर सरकार विस्तार गरेका थिए । त्यसयता प्रधानमन्त्रीले सरकार विस्तारको तयारी अगाडि बढाए पनि आफ्नै दलभित्रको विवादका कारण सफल हुन सकेका छैनन् । माओवादी केन्द्रले भने सरकारमा पठाउने आफ्ना मन्त्रीको नाम लगभग टुंगो लगाएको बताएको छ । माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल, शिवकुमार मण्डल र टेकबहादुर बस्नेत मन्त्री बन्ने माओवादी स्रोत बताउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy