Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रुस, इरान र कोरियामाथि नाकाबन्दी लगाउन अमेरिकी संसदमा मङ्गलबार मतदान

\"\"अमेरिका । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा नाकाबन्दी लगाएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि त्यसलाई खासै खारेज गर्न सकेका छैनन् । यो पछिल्लो विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारहरु कटौतीका लागि लक्ष्य गरेर आएको छ । यस विषयमा गएको दुई हप्तादेखि अमेरिकी संसदमा व्यापक मात्रामा बहस जारी छ । उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ । साथै रुसका लागि लक्षित नाकाबन्दी उनले रुसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यो विधेयक पारित भएमा उनको अधिकारमाथि कांग्रेसको अङ्कुश कायमै रहने छ । यस विधेयकमा राष्ट्रपति ट्रम्पले पनि प्रारम्भिक रुपमा सहमति जनाएका छन् । उनले यस विषयमा आफू सहमत भएको कुरा प्रारम्भिक रुपमा भने पनि यसको मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार के हुन्छ भन्ने बारेमा केही खुलेको छैन । गत महिना पनि सिनेटमा रुसका विरुद्धमा नाकाबन्दी गर्ने विषयमा मतदान भएको थियो । रुसमाथि कडा खालको नाकाबन्दी लगाउने विषयमा भएको सो मतदानमा सो प्रस्तावको पक्षमा मत प्रकट भएको थियो । त्यस समय विषयवस्तु नखुलाइएको भए पनि रुसका विरुद्धमा कडा प्रकारको नाकाबन्दी गर्ने भनी गरिएको मतदानमा रुसका विपक्षयमा अत्यधिक मात्रामा मतदान र सहमति भएकोले यो वर्तमान विधेयकको आधार बनेको अधिकारीहरुको भनाई छ । यस विषयमा अमेरिकी कांग्रेसमा शनिबार सहमति भएको हो । सो सहमतिमा रुसमाथि नाकाबन्दी गर्ने बारेमा राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन र डेमोक्र्याटहरु समेतले सहमति गरेका छन् । यो पछिल्लो विधेयकले हालैका दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पको रुसी प्रशासनसँग बढ्दै गएको भनिएको सम्बन्ध थप अघि नबढोस भनी ल्याइएको पनि अनुमान गरिएको छ । खासगरी गत बर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा प्रजातान्त्रिक प्यानलका प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन रुसी अधिकारीहरुले गरेका भनिएका गोप्य पत्राचारका विषयमा अमेरिकी सिनेट समितिमा राष्ट्रपति ट्रम्पका छोरालाई उपस्थित हुन भनेकै बेला अमेरिकी संसदमा यो बिधेयक ल्याइएको छ । त्यसैगरी हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गोप्य वार्ता गरेको भनी अमेरिकामा व्यापक मात्रामा विरोध भइरहेका बेला यो विधेयक संसदमा ल्याइएको छ । यो विधेयक काँग्रेसबाट पारित भएपछि आगामी अगष्ट महिनाको अन्त्यतिर फेरि अन्तिम पारित गर्ने प्रक्रियाको लागि सिनेटमा नै फिर्ता पठाइने छ । यो विधेयकमा शनिबार भएको दुवै पार्टीको सहमतिले आगामी दिनमा रिपब्लिकन र डेमोक्र्याटहरु सँगसँगै र एकै आवाजका साथ काम गर्न तयार भएको पनि सन्देश दिएको बताइएको छ । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies