Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कंग्रेसका ६ सांसद निलम्बित, यस्तो छ कारण

\"\"नयाँदिल्ली । लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंग्रेसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी, रञ्जित रञ्जन, सुष्मिता देव र एके राघवनलाई निलम्बित गरेको भारतीय एजेन्सीहरूले जनाएका छन् । कागज फ्याँक्नु ठूलो गल्ती सभामुख महाजनले सांसदले कागज फ्याँक्नु सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् । आचारसंहिताविपरीत कार्य गरेका कारण कंग्रेसका पाँच सांसदलाई कारबाही गरेको महाजनले बताएकी छिन् । यसअघि भारतीय जनता पार्टी (भाजपा)का सांसदहरूले कंग्रेसका सांसदले गरेको उछृंखल व्यवहारको विरोध जनाएका थिए । ‘सभा चलिरहँदा नै कंग्रेसका सांसदहरूले निकै नराम्रो काम गरे, त्यो हाम्रो मात्र नभएर लोकसभाकै लागि लाजमर्दो हो, उनीहरूलाई अनुशासनमा राख्न पाँच दिन कारबाही सुनाइएको हो,’ लोकसभाकी सभामुख महाजनले भनिन् । २०१५ मा पनि २५ सांसदमाथि कारबाही काम कारबाहीमा बाधा पुर्याएको भनी सभामुख महाजनले सांसद कारबाही गरेको पहिलो घटना होइन । कंग्रेसका सांसद कारबाहीमा परेको यो दोस्रो घटना हो । सन् २०१५ मा पनि सभामुख महाजनले २५ कंग्रेसका सांसदलाई पाँच दिनकै लागि निलम्बित गरेकी थिइन् । त्यसवेला पनि महाजनले कंग्रेसका सांसदले दैनिक काम कारबाहीमा बाधा पुर्याएको भनी उनीहरूमाथि कारबाही गरेकी थिइन् । २५ कंग्रेस सांसदले मध्यप्रदेशका केही मन्त्रीको राजीनामा माग राखी सांसदमा हंगमा मच्चाएका थिए । त्यसवेला कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले सभामुखको निर्णयलाई लोकतन्त्रकै कालोदिनका रूपमा बताएकी थिइन् । आफ्ना साथीहरू निलम्बित भएपछि कंग्रेसका अन्य सांसदले कालोपट्टी बाँधेर लोकसभामा सहभागिता जनाए । प्रश्न–उत्तर समयमा बाधा सभामुख महाजनले गोरक्षक र बोफोर्स मुद्दा सम्बन्धमा कारबाही सुरु भएको घोषणा गरेकी थिइन् । महाजनले सुरुमा भाजपाका सांसदहरूलाई बोल्ने अवसर दिइन् । भाजपाका सांसदहरू बोल्नुअघि नै कंग्रेसका सांसदहरूले टेबलमा बोतल बजार्दै विरोध जनाए । कंगे्रस, टिएमसी र आरजेडीका सांसदले सुरुमा बोफोर्स नभएर गोरक्ष मुद्दामाथि बहस हुनुपर्ने माग राखे । भाजपाका सांसदले त्यसको विरोध जनाए । सभामुख महाजनले तीन दलकै माग अस्वीकार गरिन् । महाजनले ती सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरिन् । तर, कंग्रेसका सांसदले सभामुखको निर्देशन पालना गर्न तयार भएनन् । त्यसपछि लोकसभामा हंगामा भएको हो । के हो बोफोर्स घटना सन् १९८६ मा स्विडेनको बोफोर्स कम्पनीले १५५ एमएमको चार सय तोप भारतीय सेनालाई सप्लाई गर्ने भनी सम्झौता भएको थियो । त्यसवेला दुई पक्षबीच १ अर्ब ३० करोड डलर सम्झौता भएको थियो । सन् १९८७ मा स्विडिस कम्पनीसँग सम्झौता गर्दा कंग्रेस सरकारले ६४ करोड भारु घोटाला गरेको खुलासा भयो । त्यसवेला प्रधानमन्त्री राजीव गान्धी थिए । तत्कालै विपक्षीको मागअनुसार कंग्रेस सरकारले नै एक कमिटी बनायो । जसलाई बोफोर्स नाम दिइयो । बोफोर्स घटना चलिरहँदा सन् १९८७ मा कंग्रेस सरकारबाट हटेको थियो । चारपटक सभामुखमाथि कागज फ्याँकियो सोमबारको सदन चलिरहँदा कंग्रेसका सांसदले सभामुख महाजन बसेको स्थानमा चारपटक कागज फ्याँकेका हुन् । सभामुखलाई कागज दिनका लागि उनीहरू अगाडि बढेका थिए । सभामुख महाजन बसेको स्थानमा पुगेपछि कंग्रेसका पाँच सांसदले एकपछि अर्को गरी चारपटकसम्म कागज फ्याँके । भारतीय टेलिभिजनहरूले कंग्रेसका सांसदले गरेको व्यवहारको भिडियो पटकपटक प्रसारण गरिरहेका छन् । ‘उहाँहरू मसमक्ष कागज बुझाउन भनी आउनुभयो, मेरो अगाडि आएपछि कागज फ्याँकियो,’ सभामुख महाजनले भनिन्, ‘यस घटनाबाट म आफू पनि स्तब्ध छु, मैले नचाहेर पनि अनुशासनमा राख्न कारबाही गरेकी हुँ र संसद्मा यस्तो काम गर्नु सबैभन्दा ठूलो अपराध मानिन्छ ।’ एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies