Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

४१ दिनपछि आरोही पण्डितको अन्त्येष्टि

\"\"काठमाडौं । गत २ असारमा अमेरिकाको डेनाली हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अल्ट्राधावक एवं आरोही सञ्जय पण्डितको मंगलबार गृहजिल्ला प्युठानमा अन्त्येष्टि गरिएको छ । प्युठानको झिम्रुक नदी किनारमा सञ्जयको पार्थिव शरीरमा धर्मपत्नी कञ्चन शर्माले दागबत्ती दिइन् । यसअघि सञ्जयको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा तीन घन्टा राखिएको थियो । नेपाली सेनाको हेलिकोप्टरमा सञ्जयको पार्थिव शरीर काठमाडौंबाट सीधै प्युठान लगिएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– परिषद् हातामा उपराष्ट्रपति नन्दबहादुर पुन, राखेपका संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माले स्व. पण्डितलाई श्रद्धाञ्जली दिएका थिए । उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र उपप्रधान एवं परराष्ट्रमन्त्री महराले सञ्जयको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए । प्रधानमन्त्री देउवाले एक साहसिक युवा सञ्जयको असामयिक निधनले आफू दुःखी बनेको बताए । प्रधानमन्त्री देउवाले छोटो समयमै सञ्जयले नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाएको बताए । ‘हामीले नेपालको नाम संसारमा चिनाउने सञ्जयलाई अल्पायुमै गुमाएका छौँ,’ सञ्जयलाई श्रद्धाञ्जली दिँदै संक्षिप्त कुराकानीमा प्रधानमन्त्री देउवाले भने । पूर्वअर्थमन्त्री रामसरण महत्तले सञ्जयलाई एक साहसिक एथलेटिक्सका रुपमा आफूले लिएको जनाए । ‘जहिले हेरे पनि सञ्जय दौडिरहन्थे, उनले हिमाल आरोहण गरी नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाएको सुनाइरहन्थे,’ सञ्जयको स्मरण गर्दै महत्तले भने, ‘म कहाँ आउदा हिमाल सम्वन्धी नयाँ योजना सुनाउथे ।’ पूर्व मन्त्रीहरु बामदेव गौतम, वर्षामान पुन, दलजीत विके श्रीपाली, पुरुषोत्तम पौडेल र गगनकुमार थापाले सञ्जयलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । परिषद्का उपाध्यक्ष टेन्डी लामा शेर्पा र सदस्यसचिव विष्टले राखेपको झन्डा तथा सञ्जय आफैँ अध्यक्ष रहेको नेपाल माउन्टेन रनिङ संघका उपाध्यक्ष जितबहादुर केसीले संघको झन्डा ओढाएका थिए । एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी र सागका कीर्तिमानी ४ स्वर्ण विजेता तेक्वान्दोका दीपक विष्टलगायत खेलकर्मीले सञ्जयलाई अन्तिम श्रद्धाञ्जली दिए । सागका कीर्तिमानी खेलाडी विष्टले सञ्जयले छोटो समयमै अन्तर्राष्ट्रियजगत्मा हिमाल आरोहण गर्दै नेपालको नाम चिनाएको बताएका छन् । ‘सञ्जय खेल र हिमाल आरोहण क्षेत्रमा केही गरौँ भन्ने भावना राख्ने व्यक्ति थिए,’ विष्टले भने, ‘छोटो समयममै कसैले पत्याउन नसक्ने काम गरी हिडे ।’ नेपाललाई पहिलोपटक पदक दिलाएका धावक जितबहादुरले सञ्जयसँगै रगशालामा कुदेका क्षण अविश्मरणी रहेको बताएका छन् । ‘रंगशालामा कुन समयमा म सञ्जयसँग कुदेन होला, सञ्जय भाई घाम, पानी, चिसो नभनी एक्लै रगशालामा दौडिरहेको हुन्थ्यो,’ जितबहादुरले भने, ‘आज त्यही सञ्जयलाई रगशाला परिसरमा श्रद्धाञ्जली दिदा सपना हो कि विपना भइराखेको छ ।’ परिषदका सदस्यसचिव विष्टले नेपाली खेलकुदकै एक होनहार र साहसिक यूवा गुमाएको बताएका छन् । सञ्जयको २ असारमा अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण गर्ने क्रममा ‘हाई अल्टिच्युट’ का कारण निधन भएको थियो । विभिन्न प्रक्रिया पूरा गरी सञ्जयको पार्थिव शरीर सोमबार राति मात्र काठमाडौं आइपुगेको थियो । प्युठानको टिकुरी बसपार्कमा सञ्जयलाई अन्तिम श्रद्धाञ्जली दिन प्युठानी जनता ओर्लिएका थिए । सञ्जयले सर्वोच्च शिखर सगरमाथासहित विश्वको ६ महादेशका उच्च शिखर आरोहण गरेका छन् । सञ्जयले सर्वोच्च शिखर सगरमाथा र अन्टाटिकाको शिखरमा नयाँ पत्रिकाको ब्यानर पु¥याएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy