श्रावण १२ गते, २०७४ बिहिवार 27th July, 2017 Thu०६:४०:३७ मा प्रकाशित
काठमाडौं ।२८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– १५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ ।
श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो । अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन् । ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ ।’ तातो-चिसोको पनि महसुस गर्न थालेको उनले बताइन् ।
बेहोस भएर ढल्दा उनी पूर्व क्षेत्रीय तालिम कार्यालय बिराटनगरमा कार्यरत थिए । पुलिसिङपछि खेलकुद उनको प्रिय क्षेत्र थियो । ब्याटमिन्टन, टेबुलटेनिस तथा फुटबलका प्रतिस्पर्धामा उनी नियमित भाग लिइरहन्थे । प्राय पहिलो, दोस्रो नै हुने गरेका थिए । ‘खेलकुद जितेर आउदा सधैं पार्टी दिनुहुन्थ्यो,’ आराधना सम्झिन्छिन् ।
तालिम केन्द्रमा सरुवा भएपछि पनि उनले खेलकुद गतिविधिलाई प्राथमिकतामै राखेका थिए । १५ साउनको बिहान धरानमा ब्याडमिन्टन कोर्टमै ढलेका उनी अहिलेसम्म उठ्ने संघर्षमै छन् । प्रहरीका भावी आईजिपीका एक प्रमुख दाबेदारका रुपमा मानिएका उनलाई नियतीले त ठग्यो नै, राज्यले समेत बिर्सिएको छ ।
‘बिरामी भएकै कारण प्रमोसन नै नदिएला भन्ने लागेकोे थिएन,’ आराधना भन्छिन्, ‘यसले झन् हामीलाई पीडा थपिएको छ ।’ बिरामी भएकै कारण बढुवा दिन नमिल्ने प्रावधान प्रहरी नियमावलीमा छैन । तर, गत साता १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्दा पनि श्रेष्ठ सूचिमा परेनन् । श्रेष्ठ बढुवामा छुटेपछि उनका परिवार र आफन्त दुःखी छन् ।
बिरामी भएको १८ दिनसम्म उनको धरानम उपचार भयो । त्यसपछि ग्रान्डी अस्पतालमा १८ दिन उपचार गराएर २२ भदौदेखि प्रहरी अस्पतामा उपचार भइरहेको छ । छोरी साम्भवी गत वर्ष स्नातक गरेर बिदेश अध्ययनको तयारी थिइन् । बिदेश यात्रा छाडेर उनी वुवाको सेवामा खटिएकी छिन् । उपचारको लागि संगठन र सरकारबाट सहयोग भएको छ । बिस्तारै सुधार भएकाले एक दिन मष्तिष्क ‘रिकभर’ हुने उनको बिश्वास छ । ‘उहाँ एकदमै बलियो मान्छे हो,’ आराधना भन्छिन्, ‘उहाँ एकदिन उठ्नुहुन्छ भन्ने बिश्वास छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: